
काठमाडौं ।
याहूले इन्स्टाग्रामका सह-संस्थापकहरूको एआई–संचालित समाचार प्लेटफर्म आर्टिफ्याक्ट किनेको छ। याहूले अमेरिकी वेब सेवा प्रदायकको समाचार र अन्य साइटहरूमा आफ्नो प्रविधि समावेश गर्ने मंगलबार बताएको छ।
बिग टेक दिग्गज अल्फाबेट र मेटा प्लेटफर्महरूले विज्ञापन बिक्रीको ठूलो हिस्सा आकर्षित गर्दा राजस्व वृद्धि गर्न संघर्ष गरिरहेका मिडिया स्टार्ट-अप्सको लागि यो सम्झौताले निरन्तर संघर्षको संकेत गर्छ।
‘बजारको अवसर त्यति ठूलो छैन कि यस तरिकाले निरन्तर लगानी जारी राख्न सकिन्छ’ भन्दै गत जनवरीमा, आर्टिफ्याक्टले एक ब्लगपोस्टमा आफ्नो एपको सञ्चालनहरू बन्द गर्ने बताएको रोयटर्सले उल्लेख गरेको छ।
याहूसँग समाचार ब्रान्डहरू टेकक्रन्च, इन्ग्याजेट र याहू फाइनान्सको पनि स्वामित्व र छ, आर्टिफ्याक्टको एआई-संचालित रिकोमेन्डेसन इन्जिन र अन्य फिचर्स यसको समाचार सञ्चालनहरू बढाउने र दर्शकहरूलाई व्यक्तिगत सामग्री प्रदान गर्न मद्दत गर्ने बताइएको छ।
अनलाइन प्रकाशकसँग कन्टेन्ट रिकोमेन्डेसन प्लेटफर्म टबूलामा अल्पमत साझेदारी पनि छ।
याहूले आर्टिफ्याक्ट कतिमा किनेको भन्ने खुलाएको छैन। जसले २०२१मा प्राइभेट इक्विटी फर्म अपोलो ग्लोबल म्यानेजमेन्ट ५ बिलियन अमेरिकी डलरमा किनेको थियो।
आर्टिफ्याक्ट २०२३ को सुरुवातमा सिस्ट्रोम र माइक क्रिगरद्वारा लन्च गरिएको थियो। २०१२ मा इन्टाग्राम अधिग्रहण पछि उनीहरु मेटामा थिए।
मेटा मालिक मार्क जुकरबर्गसँगको तनावपूर्ण सम्बन्ध र इन्स्टाग्रामको लागि उनीहरूको दृष्टिकोणमा भिन्नताको कारण उनीहरुले २०१८ मा मेटा छोडेका थिए।
सिस्ट्रोम र क्रिगरले यस संक्रमणकालमा याहूसँग सल्लाहकारको रुपमा काम गर्नेछन्, याहूले एक विज्ञप्तिमा भनेको छ।
प्रकाशित: २२ चैत्र २०८०, बिहीबार