इन्टेलको चिप युनिटको सञ्चालन घाटा ७ बिलियन डलर

  • Technology Khabar | २२ चैत्र २०८०, बिहीबार
इन्टेलको चिप युनिटको सञ्चालन घाटा ७ बिलियन डलर

काठमाडौं ।

इन्टेलको फाउण्ड्री व्यवसायमा अपरेटिङ (सञ्चालन) घाटा बढ्दो क्रममा देखिएको छ। इन्टेलले मंगलबार आफ्नो फाउण्ड्री व्यवसायमा अपरेटिङ घाटा बढ्दो रहेको जानकारी दिएको छ। यो चिपमेकरलाई एक ठूलो झट्काको रुपमा रहेको छ। किनभने कम्पनीले हालैका वर्षहरूमा ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङमा गुमाएको टेक्नोलोजीको नेतृत्व पुनः प्राप्त गर्ने प्रयास गर्दैछ।

इन्टेलले सन् २०२३ मा म्यानुफ्याक्चरिङ युनिटको सञ्चालन घाटा ७ बिलियन अमेरिकी डलर रहेको बताएको छ। जुन अघिल्लो वर्षको ५.२ बिलियन अमेरिकी डलरको सञ्चालन घाटाको तुलनामा धेरै हो। युनिटको २०२३ मा १८.९ बिलियन अमेरिकी डलर राजस्व संलकन गरेको थियो। यो अघिल्लो वर्षको २७.४९ बिलियन अमेरिकी डलरको तुलनामा ३१ प्रतिशत कम भएको रोयटर्सले उल्लेख गरेको छ।

यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिशन (एसईसी) मा विवरण पेश गरेपछि इन्टेलको सेयर ४.३ प्रतिशतले घटेको छ।

लगानीकर्ताहरूको लागि प्रस्तुतीकरणको क्रममा, प्रमुख कार्यकारी प्याट गेल्सिन्जरले भने कि २०२४ कम्पनीको चिपमेकिङ व्यवसायको लागि सबैभन्दा खराब सञ्चालन घाटाको वर्ष हुनेछ। उनले २०२७ सम्म सञ्चालन घाटा कायम रहेन सम्भावना रहेको बताए।

गेल्सिन्जरले फाउन्ड्री व्यवसाय खराब निर्णयहरूका कारण प्रभावित भएको बताए। जसमा एक वर्ष पहिले डच फर्म एएसएमएलको एक्ट्रिम अल्ट्राभ्वाइलेज (ईयूभी) मेसिनहरू प्रयोग गर्ने समावेश थियो। यद्यपि ती मेसिनहरुको लागत १५० मिलियन अमेरिकी डलर भन्दा बढी हुन सक्छ। यो पहिलाको चिप बनाउने टूल्सको तुलनामा अधिक लागत प्रभावी छन्।

आंशिक रूपमा गलत कदमहरूको परिणामको रूपमा, इंटेलले वेफर्सको कुल संख्याको करिब ३० प्रतिशत टीएसएमसी लगायत बाहिरी कन्ट्रयाक्ट म्याुनिफ्याक्चर्सलाई आउटसोर्स गरेको गेल्सिन्जरले भने। कम्पनीले यो संख्या करिब २० प्रतिशत ल्याउने अपेक्षा राखेको छ।

इन्टेलले अब ईयूभी टूल प्रयोग गर्न सुरु गरेको छ। जसले अधि भन्दा अधिक उत्पादन आवश्यकताहरु पुरा गर्नेछ किन भने पुराना मेसिनहरू चरणबद्ध तरिकाबाट समाप्त हुँदैछ।

‘ईयूभी पछिको युमा हामी देख्छौं कि अब हामी मूल्य, प्रदर्शन (र) नेतृत्वको सन्दर्भमा धेरै प्रतिस्पर्धी छौं,’ गेल्सिन्जरले भने, ‘र पूर्व–ईयूभी युगमा हामीले धेरै लागतहरू बोक्यौं र (अप्रतिस्पर्धी थिए)।’

प्रकाशित: २२ चैत्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार