
काठमाडौं ।
एप्पलले यस वर्षको अन्त्यतिर यसको लोकप्रिय एयरपड्स वायरलेस इयरफोन लाइनअपमा नयाँ बिस्तारको योजना बनाउन सक्ने अनुमान गरिएको ५। साथै कम्पनीले थप किफायती मूल्यको मोडल जारी गर्ने लक्ष्य राखेको विश्लेषक जेफ पुले रिपोर्ट गरेका छन्।
हाल सो उत्पादनमा फक्सकन सब्सिडरी समावेश हुनेछ भने सन् २०२४ को अन्त्यदेखि भारतको कारखानामा उत्पादन बढाईने अपेक्षा गरिएको छ।
त्यसैगरी हालका यी चर्चाहरूले मानक एयरपड्सका दुई अद्यावधिक संस्करणहरू सेप्टेम्बर वा अक्टोबरका लागि अपेक्षित गरिएको सुझाव दिने ब्लूमबर्गको मार्क गुरम्यानको अघिल्लो भविष्यवाणीहरूसँग मेल खाएको छ।
साथै मानक एयरपड्सका उक्त दुई अद्यावधिक संस्करणहरूको कोडनेम बी७६८ई र बी७६८एम रहेको जनाइएको छ। साथै बी७६८ई कोडनेम भएको संस्करण ‘इन्ट्रि’ को रूपमा हुनेछ भने बी७६८एम रहेको पछिल्लो संस्करण मिड–टायर’ हुन सक्ने थप उल्लेख गरिएको छ।
त्यसका साथै यी नयाँ मोडलहरूले बेटर (राम्रो) फिट, इम्प्रुभ्ड साउण्ड क्वालिटी (सुधारिएको ध्वनि गुणस्तर) र यूएसबी–सी–इनेबल्ड (सक्षम) चार्जिङ केसको लागि डिजाइन इम्प्रुभमेन्टस (सुधारहरू) समावेश गर्ने गुरम्यानले संकेत गरेका छन्।
यी अपडेट गरिएका मोडलहरूको हाईअर–इन्डमा एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) र फाइन्ड माई लोकेशन ट्र्याकिङमा मद्दत गर्नका लागि स्पिकर सहितको चार्जिङ केस जस्ता सुविधाहरू पनि समावेश गरिने सम्भावना रहेको छ।
जेफ पुले उल्लेख गरेको बजेट–केन्द्रित मोडल गुरम्यानले गरेको इन्ट्रि–लेभल फोर्थ जेनरेशन एयरपड्सको भविष्यवाणीसँग पङ्क्तिबद्ध हुनेछ वा छैन भन्ने बारेमा भने अनिश्चितता रहेको छ।
गुरम्यानले एयरपड्स ४ को मास प्रोडक्सन गोयरटेक र लक्ससेयर प्रेसिजन साझेदारहरू मार्फत मे महिनामा सुरु हुने र आईफोन १६ सिरिजसँगै लन्च हुने सम्भावना रहेको खुलासा गरेका छन्।
यस बाहेक, सन् २०२४ को अन्तिम त्रैमासिकमा प्रिमियम एयरपड्स म्याक्समा अपडेट हुने अफवाहहरू पनि रहेका गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २३ चैत्र २०८०, शुक्रबार