Technology Khabar १७ चैत्र २०८०, शनिबार
काठमाडौं ।
एप्पलले आईफोन १६ प्रो (र सम्भवतः आईफोन १६ प्रो म्याक्स) नयाँ स्पेस ब्ल्याक र रोज कलरवेहरुमा जारी गर्ने एउटा नयाँ लीकले दावी गरेको छ। यसबाहेक, यी सेतो र खैरो रङ्गहरुमा पनि अफर गरिने थप उल्लेख गरिएको छ।
तसर्थ, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्सको हाल उपलब्ध रहेको ब्लू टाइटेनियम अप्सन अर्को पुस्ताका लागि निरन्तरता नदिइने अनुमान छ। साथै स्पेस ब्ल्याक आईफोन १४ प्रो रंगको नजिक रहने छ भने यसले ब्ल्याक टाइटेनियमलाई प्रतिस्थापन गर्न गइरहेको छ।
त्यसैगरी अहिले न्याचुरल टाइटेनियम रङ माथि “ग्रे” (खैरो) ह्यु देखिनेछ भने ह्वाइट (सेतो) टाइटेनियम पनि फिर्ता आउने र सिल्भर (चाँदी) रङको आईफोन १४ प्रोको जस्तै ‘सिल्भर ह्वाईट’ (सेतो) हुने जनाइएको छ।
हाल यी दावीहरू गरि रहेको स्रोतले विगतमा बैजनी रङको आईफोन १४ प्रो रङ लन्च हुने भनेर गरेको दावी सही भएको जनाइएको छ। यद्यपि अहिलेसम्म यस बाहेमा कुनै आधिकारीकता छैन्।
केही समय अघि एक फरक अफवाहले आईफोन १६ प्रो डेजर्ट टाइटेनियम र टाइटेनियम ग्रेमा आउने दावी गरेको र जुन क्रमशः माथि देखाइएको रोज र ग्रे हुन सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १७ चैत्र २०८०, शनिबार