एप्पलले भिजन प्रो हेडसेटको लागि नयाँ एप्पल पेन्सिल परीक्षण गरिरहेको दाबी

  • Technology Khabar | १४ चैत्र २०८०, बुधबार
एप्पलले भिजन प्रो हेडसेटको लागि नयाँ एप्पल पेन्सिल परीक्षण गरिरहेको दाबी

काठमाडौं ।

एप्पलले आफ्नो नयाँ मिक्स्ड रियालिटी हेडसेट ‘भिजन प्रो’ लन्च गरेको केही महिना मात्र भएको छ। यसै क्रममा एप्पलले आन्तरिक रूपमा हेडसेटसँग काम गर्ने नयाँ एप्पल पेन्सिलको परीक्षण गरिरहेको चर्चाहरुहरू बाहिरिएका छन्। यसले प्रयोगकर्ताहरूले भिजन प्रो एप्लिकेसनहरू जस्तै फ्रीफर्म र पिक्सेलमेटर भित्र सिधै ड्र (चित्र कोर्ने) गर्न अनुमति दिने उल्लेख गरिएको छ।

यद्यपि, भिजन प्रो को अपरेटिङ सिस्टम भिजनओएसले एप्पल पेन्सिल सपोर्ट (समर्थन) लाई कसरी एकीकृत गर्नेछ भन्ने बरेमा स्पष्टता नभएको उल्लेख छ। तथापि, डेस्कटपहरू जस्ता रियल–वर्ल्ड सर्फेसेसमा ड्र (चित्रण) गर्न पेन्सिल प्रयोग गर्नु र ती ड्रइङ (रेखाचित्र) हरू भिजन प्रो भर्चुअल स्पेस भित्र रियल–टाइममा देखा पर्नेछ। यसले उल्लेखनिय रूपमा प्रयोगकर्ताको परिवेशलाई रचनात्मक अभिव्यक्तिको लागि विशाल क्यानभासमा रूपान्तरण गर्नेछ।

त्यसैगरी अफवाहहरूका अनुसार नयाँ एप्पल पेन्सिल आगामी आईप्याड प्रो र आईप्याड एयर रिफ्रेसको साथ अप्रिलमा अनावरण गरिने सम्भावना रहेकोछ। साथै कम्प्याटेबिलिटी सफ्टवेयर अपडेटमा पनि हिन्जहरु हुने भएकाले कुन संस्करणले यो फिचरलाई प्रस्तुत गर्नेछ भन्ने बारेमा अनिश्चिता रहेको उल्लेख छ। भिजनओएस १.२ को पहिलो बिटा यस हप्ता विकासकर्ताहरूको लागि उपलब्ध हुन सक्ने जनाइएको छ भने भिजनओएस २ जुन महिनामा हुने डब्ल्यूडब्ल्यूडीसीमा घोषणा गरिने अपेक्षा गरिएको छ।

यस बाहेक, यदि भिजनओएस समर्थनको साथ यो एप्पल पेन्सिलले आन्तरिक परीक्षण पास गर्यो भनेपनि एप्पलका धेरै चालु भइरहेका परियोजनाहरू जस्तै यसको पनि त्यहाँ अन्तिम रिलीज हुने कुनै ग्यारेन्टी छैन्।

प्रकाशित: १४ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १४ चैत्र २०८०, बुधबार