एप्पलले आगामी डेभलपर कन्फ्रेन्समा आफ्नो एआई एप स्टोर अनावरण गर्ने सम्भावना

Technology Khabar १४ चैत्र २०८०, बुधबार

काठमाडौं ।

एप्पलको आगामी डेभलपर कन्फरेन्स (विकासकर्ता सम्मेलन) डब्ल्यूडब्ल्यूडीसी २०२४ मा एआई एप स्टोरको इन्ट्रोडक्सन (परिचय) देखिने सम्भावना रहेको छ। यो एप्पलको एआई रणनीतिमा ठूलो परिवर्तन हुन सक्नेछ।

परम्परागत रूपमा, एप्पलले आफ्नो एपहरू आफैँ विकास गरेर एआई फिचरहरूलाई यसको अपरेटिङ सिस्टमहरूमा एकीकृत गर्ने गरेको छ। यद्यपि, विश्लेषक बेन राइट्जेसले भने एप्पलले विभिन्न विकासकर्ताहरूबाट विभिन्न एआई एपहरूको लागि प्लेटफर्म सिर्जना गर्न प्राथमिकता दिन सक्ने विश्वास व्यक्त गरेका छन्।

साथै यसले आईट्युन्स र आईफोन एप स्टोर जस्ता एप स्टोरहरूसँग एप्पलको विगतको सफलतालाई प्रतिबिम्बित गर्ने जनाइएको छ। एप्पलले आफ्नै प्रोडक्ट (उत्पादन) हरू अफरिङ्ग (प्रदान) गर्दैगर्दा अन्य कम्पनीहरूलाई पनि यी प्लेटफर्महरूमा सामेल हुन मनाएको दाबी छ।

प्रयोगकर्ताहरूले डब्ल्यूडब्ल्यूडीसीमा एआई एपहरू कसरी खरिद गर्न सक्छन् भनेर एप्पलले प्रदर्शन गर्ने राइट्जेसले भविष्यवाणी गरेका छन्। यो नयाँ एप स्टोरले सम्भावित रूपमा एप्पलको आफ्नै एआई असिस्टेन्ट (अपग्रेड गरिएको सिरी) प्रतियोगीहरूका प्रस्तावहरूसँगै समावेश गर्न सक्ने जनाइएको छ।

यद्यपि, एआई एप स्टोरको अवधारणा पूर्णतया नयाँ भने होईन्। अन्य विश्लेषकहरूले समान मोडलको परिकल्पना गरेका छन् भने एप्पलले यसको बारेमा डब्ल्यूडब्ल्यूडीसीमा आन्तरिक छलफल गर्न सक्ने थप सुझाव पनि दिएका छन्।

त्यसका साथै एप्पलले गुगल र बाईडु जस्ता कम्पनीहरूसँग उनीहरूको एआई सेवाहरू यस सम्भावित एप स्टोरमा थप्ने बारे कुरा गरेको हुन सक्ने रिपोर्ट आएको छ।

गुगलको जेमिनी एआई यसअघि देखि नै नियमित एप मार्फत उपलब्ध हुनुका साथै सजिलैसँग एआई–स्पेसिफिक स्टोरमा फिट हुने जनाइएको छ।

जुन महिनाको सुरुवातमा डब्ल्यूडब्ल्यूडीसी आयोजना हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १४ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया