इसेवाको ब्राण्ड एम्बेस्डर क्रिकेट खेलाडी ज्ञानेन्द्र मल्ल नियुक्त

  • Technology Khabar | १४ जेष्ठ २०७५, सोमबार
इसेवाको ब्राण्ड एम्बेस्डर क्रिकेट खेलाडी ज्ञानेन्द्र मल्ल नियुक्त

काठमाडौं ।

काठमाडौं । पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पेमेन्ट प्रालिले नेपाली क्रिकेट राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा इसेवाकोतर्फबाट एफ वान सफ्टका प्रेसिडेन्ट विश्वास ढकाल र उपकप्तान ज्ञानेन्द्र मल्लबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कम्पनीका प्रेसिडेन्ट ढकालले क्रिकेटलगायत नेपाली खेलकुद क्षेत्रसँग विभिन्न स्तरमा सहकार्य गर्दै आएको जानकारी दिए।

उपकप्तान मल्लले विगतदेखि नै इसेवा कम्पनीले नेपालको क्रिकेट क्षेत्रमा विभिन्न योगदान पुर्याउदै आएको बताए।

साथै कम्पनीले इसेवा कम्पनी क्रिकेट क्षेत्रको लागि राष्ट्रिय तथा अन्तर्राष्टिय क्रिकेट म्याच तथा टुर्नामेन्टहरुमा पनि आवद्ध हुँदै आएको छ ।यसअघि कम्पनीले प्रधानमन्त्री कप २०७४ र ०७५, आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनशीप लगायत खेलको टिकट बिक्री तथा व्यवस्थापन लागयत गरेको जानकारी दिएको छ ।

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानी महशुल भुक्तानी, इन्टरनेटको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायत २०० भन्दा बढी सेवाहरुमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: १४ जेष्ठ २०७५, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १४ जेष्ठ २०७५, सोमबार