ह्वावेले अल्ट्रासोनिक फिङ्गरप्रिन्ट सेन्सरको लागि आफ्नै पेटेन्ट दर्ता गर्दै

Technology Khabar ३ चैत्र २०८०, शनिबार

काठमाडौं ।

ह्वावेले भर्खरै नयाँ “अल्ट्रासोनिक फिङ्गरप्रिन्ट” सेन्सरको लागि पेटेन्ट अनावरण गरेको छ। यसले सम्भावित रूपमा कम्पनी आफ्नै अल्ट्रासोनिक फिङ्गरप्रिन्ट टेक्नोलोजी विकास गर्ने दिशामा अघि बढेको संकेत गरेको छ।

धेरै फोन निर्माताहरू हाल गुडिक्सको सलुसन्समा भर पर्नुपरेको तर सो क्वालकम प्याटेन्टहरूद्वारा प्रतिबन्धित रहेको अवस्थामा ह्वावेको यो कदम आएको उल्लेख गरिएको छ।

“अल्ट्रासोनिक फिङ्गरप्रिन्ट रिकगनिसन मोड्युल, सिस्टम एण्ड इलेक्ट्रोनिक डिभाइस” (सीएन११७०५८७२५ए) शीर्षक रहेको पेटेन्टले सेन्सर डिजाइनको विवरण दिनुका साथै सुधारिएको फिङ्गरप्रिन्ट आईडेन्टिफिकेसन एक्युरेसी (पहिचान सटीकताको) प्रतिज्ञा गरेको छ।

हाल, अल्ट्रासोनिक फिङ्गरप्रिन्ट सेन्सरहरू विशेष गरी सामसङको फ्ल्यागशिप एस–सिरिजका स्मार्टफोनहरू जस्ता केही हाई–इन्ड फोनहरूमा प्रयोग गर्ने गरिएको छ।

यद्यपि, यी सलुसनहरूमा क्वालकमले पकड गरेको पेटेन्टमा मात्रै सीमित रहने गरेका छन्। ह्वावेको नयाँ प्याटेन्टले वैकल्पिक अल्ट्रासोनिक फिङ्गरप्रिन्ट रिकग्निसन टेक्नोलोजी (पहिचान प्रविधि) सिर्जना गर्ने लक्ष्य राखेको सुझाव दिएको छ। यसले सम्भावित रूपमा उनीहरूलाई अन्य कम्पनीहरूको पेटेन्टमा निर्भरताबाट मुक्त गर्न मद्दत पुर्याउने उल्लेख गरिएको छ।

प्याटेन्टको विवरणमा सेन्सरको निर्माण, स्ट्याक्ड कमन इलेक्ट्रोड, पिजोइलेक्ट्रिक लेयर (तह) र पिक्सेल इलेक्ट्रोड युनिटहरूको एर्रे सहित प्राविधिक विवरणहरू समावेश रहेको जनाइएको छ।

साथै टेक्निकल (प्राविधिक) ब्रेकडाउनले अधिक सटीकताका साथ फिङ्गरप्रिन्ट जानकारी क्याप्चर गर्नका लागि सेन्सरले प्रसारण र प्राप्त गर्ने दुवै मोडमा कसरी काम गर्छ भनेर वर्णन गर्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ३ चैत्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया