काठमाडौं ।
जापानको अग्रणी टेक कम्पनी सोनीले आफ्नो स्मार्टफोन बजारका लागि ठूलो कदम चाल्ने भएको छ। कम्पनीले चिनियाँ स्मार्टफोन बजारबाट फिर्ता हुने तयारी गरेको खबर छ। चिनियाँ मिडियाबाट आएको रिपोर्टलाई उद्धृत गर्दै कम्पनीले अब चीनको स्मार्टफोन प्रतिस्पर्धाबाट बाहिरिने तयारी गरिरहेको बताइएको छ।
सोनी स्मार्टफोनहरू सीमित मात्रामा रिलीज हुन्छन्। कम्पनीले बजारमा केही स्मार्टफोन ल्याएको भएपनि अब चीनमा यसको स्मार्टफोनको उपस्थिति चाँडै हराउन सक्छ।
सोनीका एक्सपेरिया स्मार्टफोन बजारमा निकै लोकप्रिय छन्। तर कम्पनीको अर्को एक्सपेरिया स्मार्टफोन चिनियाँ बजारमा ल्याइने छैन। माईड्राइभर्सको रिपोर्ट अनुसार कम्पनीले आगामी एक्सपेरिया चीनमा लन्च गर्दैन। साथै, कम्पनीको मोबाइल बजार चिनियाँ बजारबाट पूर्णरूपमा हराउन सक्छ।
रिपोर्टमा यसको कारण भने खुलाइएको छैन। तर सोनीले चीनको स्मार्टफोन बजारमा आफ्नो स्थान बनाउन संघर्ष गरिरहेको मानिन्छ। त्यसैले कम्पनीले अब बजारबाट बाहिरिने तयारी गरेको हो।
सोनीले करिब एक दशकअघि चीनमा प्रवेश गर्दा एरिक्सनलाई नियन्त्रणमा लिएको थियो। कम्पनी सुरुमा नाफामा थियो तर पछि यसको पकड कमजोर हुन थाल्यो। सोनीले हाल चीन भित्रको स्मार्टफोन बजारको धेरै सानो हिस्सा मात्र ओगटेको छ। यद्यपि चिनियाँ स्मार्टफोन बजारबाट कम्पनीको फिर्ताले यसको मोबाइल खण्ड रोकिने छैन। कम्पनीले विश्वका अन्य बजारमा फोन लन्च गर्न जारी राख्नेछ। किनकी सोनीसँग क्यामरा सेन्सर बनाउने विशेषज्ञता छ, जसका कारण स्मार्टफोन बजारमा कम्पनीको बलियो पकड छ।
सोनीले यो खबरको पुष्टि गरेको छैन। कम्पनीले एक्सपेरिया १ भीआई (Xperia 1 VI) र ५ भीआई चाँडै लन्च गर्ने सम्भावना छ। हालैका रिपोर्टहरूले पत्ता लगाएको छ कि कम्पनीले आफ्नो आगामी एक्सपेरिया स्मार्टफोनहरूमा इन-डिजिटल सिग्नेचर टेक्नोलोजी प्रयोग गर्न सक्छ। यो सुविधा मार्फत प्रयोगकर्ताले क्यामरा भित्रै आफ्नो फोटो साइन गर्न सक्नेछन्। जसले गर्दा तस्बिरमा छेडछाड हुने सम्भावना निकै कम हुनेछ । एक्सपेरिया १ भीआईमा ४८-मेगापिक्सेलको सेन्सर राखिनेछ।
प्रकाशित: ३० फाल्गुन २०८०, बुधबार