सोनीले संसारको पहिलो २४–७० एमएम फुल–फ्रेम लेन्स चाँडै लन्च गर्नसक्ने

  • Technology Khabar | २५ फाल्गुन २०८०, शुक्रबार
सोनीले संसारको पहिलो २४–७० एमएम फुल–फ्रेम लेन्स चाँडै लन्च गर्नसक्ने

काठमाडौं ।

सोनीले ग्राउन्डब्रेकिंग “सुपर स्ट्यान्डर्ड” जुम लेन्स ‘एफई २४–७०एमएम एफ२ जीएम’ लन्च गर्ने तयारी गरिरहेको नयाँ लीकहरूले बताएका छन्। यो लेन्सले फोटोग्राफीको इतिहासमा पहिलो पटक कयौं विशेषताहरूको अभूतपूर्व संयोजन गर्ने अपेक्षा गरिएको छ।

मिडिया स्रोतहरूले आगामी केही महिनाहरूमा यो जुम लेन्स ३,००० अमेरिकी डलर भन्दा माथिको मूल्य ट्यागको साथ रिलिज हुने भविष्यवाणी गरेको छन्।

सोनी एफई २४–७०एमएम एफ२ जीएमको आकार क्यानन आरएफ २८–७०एमएम एफ२ लेन्ससँग मिल्दोजुल्दो भएको अफवाह रहेको छ। यद्यपि, यसले २८ एमएमको सट्टा २४ एमएमबाट सुरु हुने वाईडर फोकल लेन्थ बोस्ट गरेर क्याननको अफरलाई पछि पार्नेछ।

यसबाहेक, एफ२ को वाईडेस्ट एपर्चरमा पनि प्रभावशाली ईमेज क्वालिटीको लागि प्रतिज्ञा गरिएको उल्लेख छ। साथै यसले असाधारण लो–लाईट पर्फमेन्स र सुन्दर ब्याकग्राउण्ड ब्लर (बोकेह) ईफेक्टहरू प्राप्त गर्ने क्षमता राखेको छ।

यो लेन्सको लन्चसँगै सोनीबाट अल्ट्रा–लार्ज एपर्चर लेन्सहरूको नयाँ सिरिजको सुरुवात हुने जनाइएको छ। एफई २४–७० एमएम एफ २ जीएमको सुरुवातसँगै फोटोग्राफी उत्साहीहरूले भविष्यमा यस प्रकारका थप हाई-पर्फमेन्स लेन्सहरू देख्न पाउने गीज्मोचाइनाले रिपोर्टमा उल्लेख गरेको छ।

प्रकाशित: २५ फाल्गुन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार