टाटाले ४ अर्ब पाउण्ड लगानी बेलायतको सबैभन्दा ठूलो इभी ब्याट्री सुविधा निर्माण गर्ने

  • Technology Khabar | १७ फाल्गुन २०८०, बिहीबार
टाटाले ४ अर्ब पाउण्ड लगानी बेलायतको सबैभन्दा ठूलो इभी ब्याट्री सुविधा निर्माण गर्ने

काठमाडौं ।

बेलायतको सबैभन्दा ठूलो इलेक्ट्रिक भेहिकल ब्याट्री निर्माण सुविधाको लागि भविष्यको निर्माण स्थलको पुष्टि भएको छ।

जगुआर ल्यान्ड रोभरको मालिक टाटाले सोमरसेटको ब्रिजवाटर नजिकैको ब्राउनफिल्ड साइटमा ४ अर्ब पाउण्ड लगानी गर्ने बताएको छ।

सरकारले पहिले फ्ल्यागशिप ब्याट्री कारखाना बेलायतमा निर्माण हुने घोषणा गरेको थियो, तर यो कारखाना स्थानको बारेमा पहिलो आधिकारिक पुष्टि भएको बीबीसीे रिपोर्ट गरेको छ।

नयाँ प्लान्टले ४ हजार रोजगारी र आपूर्ति श्रृंखलामा थप हजारौं सृजना गर्ने अपेक्षा गरिएको छ।

ग्रेभिटीका अध्यक्ष मार्टिन बेल्लामीले बीबीसी रेडियो समरसेटलाई भनेअनुसार कारखाना लगभग “६ वा ७ मिलियन वर्ग फिट” हुनेछ र यो “देशको सबैभन्दा ठूला भवनहरू” मध्ये एक हुने दाबी गरे।

टाटाले सन् २०२६ मा त्यहाँ ब्याट्री उत्पादन सुरु हुने बताएको छ।

टाटा समूहको विश्वव्यापी ब्याट्री व्यवसाय अग्रतासले प्युरिटनको ग्रेभिटी स्मार्ट क्याम्पसमा भारत बाहिर पहिलो कारखाना निर्माण गर्ने पुष्टि गरेको छ।

यो साइट दोस्रो विश्वयुद्धदेखि २००८ मा खारेज नभएसम्म शाही शस्त्र कारखाना थियो।

अग्रतास साइटमा पहिलो अधिकार प्राप्त कम्पनी हुनेछ,र लगभग ५० प्रतिशत जग्गा लिनेछ।

यसले सन् २०३० को प्रारम्भमा बेलायतको अटोमोटिभ क्षेत्रका लागि आवश्यक पर्ने अनुमानित ब्याट्री उत्पादन क्षमताको झण्डै आधा योगदान दिने बताएको छ।

कारखानाले वार्षिक ४० गीगावाट ब्याट्री सेल उत्पादन गर्नेछ, जुन करिब ५ लाख यात्री सवारी साधनलाई आपूर्ति गर्न पर्याप्त हुनेछ।

प्रकाशित: १७ फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...