
काठमाडौं ।
इलेक्ट्रिक भेहिकल निर्माता निओले आफ्नो एक कारखानाको असेम्बली लाइनमा ह्युमनोइड रोबोटहरूको परीक्षण गरिरहेको छ। कम्पनीको यस कदमले उच्च स्तरको स्वचालनलाई (अटोमेसन) बढावा दिने अपेक्षा गरिएको छ।
हङकङ–सूचीबद्ध ह्युमनोइड रोबोट निर्माता यूबीटेक रोबोटिक्सले शुक्रबार वीईबोमा एउटा भिडियो साझा गरेको छ। जसको वाकर एस रोबोटले निओ कारखानामा असेम्बली लाइनमा काम गरिरहेको देखाएको छ।
वाकर एसले न्यू इनर्जी भेहिकल (एनईभी) कारखानामा वास्तविक संसारको तालिम लिएको यो पहिलो पटक हो, यूबीटेकले भन्यो, ‘साधारण कार्यहरूको पछाडि प्रविधि र शक्ति छ,’ कम्पनीले विईवोमा लेखेको छ।
भिडियो अनुसार तालिमको क्रममा, वाकर एसले ढोकाको ताला, सिट बेल्ट, हेडलाइट कभरहरूको गुणस्तर निरीक्षणमा भाग लिनको लागि आफ्नो वास्तविक–समय छवि क्याप्चर र ट्रान्समिसन क्षमताहरूको प्रयोग गर्यो र गाडीको लोगोहरू जोड्न सक्षम भयो।
यूबीटेकले निओको सुविधमा वाकर एसको कामको बारेमा धेरै जानकारी उपलब्ध नगराएको सीएनईभीपोष्टले उल्लेख गरेको छ।
२० फेब्रुअरीमा कम्पनीले विईवोमा सेयर गरेको अर्को भिडियामा यूबीटेका मुख्य ब्रान्ड अधिकारी टान मिनले भने, ‘ह्यूमनोइड रोबोटहरू औद्योगिक स्मार्ट निर्माण स्थानमा आउन आवश्यक छ।’
कम्पनीको वेबसाइट अनुसार मार्च २०१२ मा स्थापित शेन्जेन आधारित यूबीटेक एक ह्यूमनोइड र इन्टेलिजेन्स सर्भिस रोबोटिक कम्पनी हो।
https://cdn.jwplayer.com/previews/1pNxzmwW
प्रकाशित: १३ फाल्गुन २०८०, आईतवार