सात महिनामा १५ अर्बको इलेक्ट्रिक कार आयात

  • Technology Khabar | १२ फाल्गुन २०८०, शनिबार
सात महिनामा १५ अर्बको इलेक्ट्रिक कार आयात

काठमाडौं ।

नेपालमा इलेक्ट्रिक कारको आयात बढेको देखिएको छ। भन्सार विभागको आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार १५ अर्ब ४ करोड ९ लाख ४६ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक कार आयात भएको हो।

यस अवधिमा ६ हजार १५९ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा ५ अर्ब ६२ करोड ९९ लाख ८३ हजार रुपैयाँ बराबरको दुई हजार ९ यूनिट इलेक्ट्रिक कार आयात भएको थियो।

गत आवको तुलनामा चालु आवको माघ मसान्तसम्म इलेक्ट्रिक कारको आयात ९ अर्ब ४१ करोड ९ लाख ६३ हजार रुपैयाँ अर्थात १६७.२४ प्रतिशतले बढेको छ।

यस्तै इलेक्ट्रिक कारको आयात ४ हजार १५० यूनिटले बढेको छ।

सरकारले इलेक्ट्रिक कारको आयातबाट ६ अर्ब ६२ करोड ८० लाख ३० हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

नेपालमा सबैभन्दा धेरै इलेक्ट्रिक कार १०१ देखि २०० किलोवाट क्षमताको आउने गरेको छ। उक्त क्षमताको इलेक्ट्रिक कार ९ अर्ब ५८ करोड ९५ लाख ३२ हजार रुपैयाँ बराबरको ३ हजार ३९४ यूनिट आयात भएको छ।

यस्तै ५० किलोवाट क्षमताको इलेक्ट्रिक कार ४ अर्ब ९६ करोड १८ लाख ९ हजार रुपैयाँ बराबरको ५ हजार ७९७ यूनिट आयात भएको छ।

साथै १०१ देखि २०० किलोवाट क्षमताको ३५ लाख ९७ हजार ५८ लाख रुपैयाँ बराबरको ७० यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

२०१ देखि ३०० किलोवाट क्षमताको १२ करोड ९८ लाख ४७ हजार रुपैयाँ बराबरको १८ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

नेपालमा चीन, भारत, इन्डोनेसिया, दक्षिण कोरिया, जर्मनी र अमेरिकाबाट इलेक्ट्रिक कार आयात हुने गरेको छ।

प्रकाशित: १२ फाल्गुन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १२ फाल्गुन २०८०, शनिबार