विद्युतीय सवारीसाधन निर्माता रिभियनले १० प्रतिशत कर्मचारीहरूलाई हटाउने

  • Technology Khabar | १३ फाल्गुन २०८०, आईतवार
विद्युतीय सवारीसाधन निर्माता रिभियनले १० प्रतिशत कर्मचारीहरूलाई हटाउने

काठमाडौं ।

विद्युतीय सवारीसाधन (ईभी) उत्पादक रिभियनले लागत कटौती गर्न आफ्ना करिब १० प्रतिशत कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ।

कम्पनीले आफ्नो चौथो त्रैमासिक वित्तीय २०२३ आय कलमा पछिल्लो कटौतीको घोषणा गरेको हो।

चौथो त्रैमासिक रिपोर्टले सन् २०२२ को तुलनामा २०२३ मा दोब्बर ईभी उत्पादन र वितरण गरेपनि कम्पनीले अझै पनि वार्षिकरुपमा ५.४ बिलियन डलर गुमाएको देखाएको छ।

यसबाहेक, वर्ष २०२४ को लागि, रिभियनले लगभग उही संख्यामा गाडीहरू उत्पादन गर्ने प्रक्षेपण गरिएको छ। यसले सन् २०२३ मा करिब ५७ हजार सवारीसाधन उत्पादन गरेको थियो।

रिभियनका संस्थापक र सीईओ आरजे स्केरिङ्गले भने, “हामी व्यवसायभरी लागत दक्षता, सकारात्मक मार्जिन हासिल गर्न र हाम्रो दीर्घकालीन वृद्धिलाई ड्राइभिङमा केन्द्रित छौं।”

२०२३ को चौथो क्वाटरमा रिभियनको कुल राजस्व १,३१५ मिलियन डलर थियो, जुन १३ हजार ९७२ सवारी साधनहरूको डेलिभरीबाट आर्जन भएको हो।

यसले चौथो क्वाटरमा १.५ बिलियन डलरको शुद्ध घाटा रिपोर्ट गर्यो, जुन २०२२ को सोही त्रैमासिकमा रेकर्ड गरिएको १.७२ बिलियन डलर नोक्सान भन्दा थोरै कम हो।

यो जुलाई २०२२ पछि रिभियनको कर्मचारी कटौती तेस्रो चरणमा छ, जब यसले आफ्नो कार्यबल ६ प्रतिशतले घटाएको थियो। फेब्रुअरी २०२३ मा, ईभी निर्माताले आफ्नो कार्यबलको अतिरिक्त ६ प्रतिशत कटौती गर्यो।

प्रकाशित: १३ फाल्गुन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार