४८ करोड २४ लाखको ४ हजार ६० इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात

Technology Khabar १२ फाल्गुन २०८०, शनिबार

काठमाडौं ।

नेपालमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात घट्दो क्रममा देखिएको छ। भन्सार विभागको २०८०÷८१ को माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार ४८ करोड २४ लाख ५४ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।

यस अवधिमा ४ हजार ६० यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।

गत आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म ६८ करोड २८ लाख ४२ हजार रुपैयाँ बराबरको ५ हजार २६५ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको थियो।

गत आवको तुलनामा चालुको सोही अवधिमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात २० करोड ३ लाख ८८ हजार रुपैयाँ अर्थात २९.३४ प्रतिशतले घटेको छ।

यस्तै इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात एक हजार २०५ यूनिटले घटेको छ।

इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयातबाट सरकारले १५ करोड २९ लाख २ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
नेपालमा चार मुलुकबाट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

सबैभन्दा धेरै इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल चीनबाट आयात हुने गरेको छ। माघ मसान्तसम्म चीनबाट २८ करोड १३ हजार रुपैयाँ बराबरको २ हजार ९५९ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।

भारतबाट १८ करोड ४७ लाख १० हजार रुपैयाँ बराबरको एक हजार २७ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।

इन्डोनेसियाबाट एक करोड ७७ लाख १९ हजार रुपैयाँ बराबरको ७२ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।

यूएईबाट १२ हजार रुपैयाँ बराबरको २ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।

प्रकाशित: १२ फाल्गुन २०८०, शनिबार

तपाइको प्रतिक्रिया