टप टेन उत्कृष्ट बिक्री हुने स्मार्टफोनहरू मध्ये एप्पलले ७ स्थानमा कब्जा जमायो

  • Technology Khabar | १४ फाल्गुन २०८०, सोमबार
टप टेन उत्कृष्ट बिक्री हुने स्मार्टफोनहरू मध्ये एप्पलले ७ स्थानमा कब्जा जमायो

काठमाडौं ।

एप्पलले सन् २०२३ को लागि ग्लोबल (विश्वव्यापी) स्मार्टफोन सेल्स (बिक्री) चार्टमा शीर्ष सात स्थानहरू सुरक्षित गरेर नयाँ कीर्तिमान कायम गरेको छ।यो उपलब्धिले एप्पलको प्रमुख बजार स्थितिलाई थप बलियो बनाएको उल्लेख छ।

काउन्टरपोइन्ट रिसर्चको रिपोर्टकाअनुसार एउटै ब्रान्डले यस्तो उपलब्धि हासिल गरेको यो पहिलो पटक हो। त्यसका साथै प्रतिवेदनले अघिल्लो वर्षको तुलनामा केही सुधार गर्दै र स्मार्टफोन उद्योगको प्रतिस्पर्धात्मक परिदृश्य प्रदर्शन गर्दै सामसङले शीर्ष दसमा बाँकी स्थानहरू दावी गरेको उल्लेख गरेको छ।

सन् २०२३ को सूचीमा एप्पलको आईफोन १४ शीर्ष स्थानमा

अघिल्लो मोडलसँग समानता भएतापनि आईफोन १४ अमेरिका र चीनमा उल्लेखनीय बिक्रीको साथ स्टार अफ द इयरको रूपमा उदाएको उल्लेख छ।

चाखलाग्दो कुरा के छ भने, वर्षको अन्त्यमा लन्च गरिएको आईफोन १५ सिरिजले तुरुन्तै बिक्री चार्टको शीर्षमा पुगेको र जसले पछिल्ला लन्चहरूका लागि उपभोक्ताको उत्साहलाई आकर्षित गरेको छ।

एप्पलको स्थिर बिक्री प्रदर्शनको बावजुद, समग्र बजारले उच्च–तहका मोडलहरूतर्फ सिफ्ट देखेको र स्मार्टफोन बजार साझेदारीमा उल्लेखनीय वृद्धि भएर २० प्रतिशतको, रेकर्डमा पुगेको जनाइएको छ।

साथै यस वृद्धिका लागि आंशिक रूपमा भारत र मध्य पूर्व जस्ता उदीयमान बजारहरूमा एप्पलको विस्तारित कदमलाई श्रेय दिइएको छ भने भारतले उल्लेखनीय रूपमा पहिलो पटक १० मिलियन आईफोन बिक्रीको अंक पार गरेको छ।

सामसङको ए सिरिजका मोडलहरूका साथ शीर्ष दसको उपस्थितिले प्रतिस्पर्धी र विविध विश्वव्यापी बजारहरूमा मूल्य प्रस्ताव गर्ने महत्त्वलाई प्रकाश पारेको छ। विशेष गरी ग्यालेक्सी ए १४ फाईभजी वर्षको सबैभन्दा धेरै बिक्रि हुने सामसङको स्मार्टफोन बनेको छ।

सन् २०२४ मा, स्ट्रिमलाइन्ड प्रोडक्ट (सुव्यवस्थित उत्पादन) लाइनहरूमा ध्यान केन्द्रित गर्ने र चिनियाँ ब्रान्डहरूको टप टेन लिस्टमा प्रत्याशित प्रवेशले विकसित बजारको सुझाव दिने प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १४ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार