Technology Khabar ९ फाल्गुन २०८०, बुधबार
काठमाडौं ।
अमेरिकी सफ्टवेयर जायन्ट माइक्रोसफ्टले स्पेनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र क्लाउड पूर्वाधार विस्तार गर्ने भएको छ।
माइक्रोसफ्टले २.१ बिलियन अमेरिकी डलर लगानीमा स्पेनमा आगामी दुई वर्ष भित्रमा एआई र क्लाउड पूर्वाधार विस्तार गर्ने कम्पनीका अध्यक्ष ब्राड स्मितले एक्समा पोस्ट गर्दै बताएका हुन्।
यो कदम जर्मनीमा आगामी दुई वर्षका लागि ३.४५ बिलियन अमेरिकी डलर एआई केन्द्रित लगानी घोषणा पछि लिइएको रोयटर्सले उल्लेख गरेको छ।
माइक्रोसफ्टले स्पेनमा लगानीका सम्बन्धमा थप विवरण भने उपलब्ध गराएको छैन।
‘हाम्रो लगानी डाटा सेन्टरहरू निर्माण गर्नु भन्दा बाहिर छ, यो स्पेन, यसको सुरक्षा, र विकास र यसको सरकार, व्यवसाय र जनताको डिजिटल रूपान्तरणको लागि हाम्रो घठ–वर्षको प्रतिबद्धताको प्रमाण हो,’ स्मिथले भने।
प्रकाशित: ९ फाल्गुन २०८०, बुधबार