Technology Khabar ९ फाल्गुन २०८०, बुधबार
काठमाडौं ।
फक्सवागनले आफ्नो आईडी.७ लाइनअप मार्फत नयाँ इलेक्ट्रिक गाडी (ईभी) अनावरण गरेको छ। यस पटक युरोपमा माथिल्लो मध्यम आकारको अटोमोटिभ क्षेत्रलाई लक्षित गरी एस्टेट कार प्रस्ताव गरिएको हो।
फक्सवागनले मंगलबार युरोपेली बजारको लागि औपचारिक रुपमा आईडी.७ टूरर इलेक्ट्रिक एस्टेट कार, वा स्टेशन वागन घोषणा गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको टेस्लाराटीले उल्लेख गरेको छ।
आईडी.७ टूरर दुई ब्याट्री कन्फिगरेसनसँग डेब्यु गर्न तयार छ। जसमध्ये ठूलो ६८५ किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेञ्ज र डीसी तीब्र चार्जिङ स्टेशन मार्फत २०० किलोवाटसम्मको अधिकतम चार्जिङ क्षमता हुने फक्सवागनले बताएको छ।
‘नयाँ आईडी.७ टूरर विशेष रुपमा परिवार र लामो दुरीको ड्राइभरका लागि एक उत्तम एस्टेड मोडल हो,’ फक्सवागनका इमेल्डा लब्बे भने, ‘पर्याप्त ठाउँ र उच्च स्तरको आरामको साथ, यसले लामो रेञ्जसँग पूर्ण रूपमा विद्युतीय रूपमा प्रभाव पार्छ!’
प्रकाशित: ९ फाल्गुन २०८०, बुधबार