
काठमाडौं ।
एलिट इन्फोटेकले विभिन्न प्रकारका गणनाहरू सहज रुपमा गर्नका लागि भनेर ‘एलिट क्याल्क’ नामक नयाँ एप निर्माण गरेको छ।
एलिट क्याल्क एपमा अल–इन–वान क्याल्कुलेटर र अल–इन–वान कन्भर्टर जस्ता सुबिधाहरु समावेश गरिएको र जसले गर्दा गणनाको लागि धेरै एपहरू डाउनलोड गर्न पर्ने झन्झटलाई हटाउनका लागि मद्दत गर्ने उल्लेख गरिएको छ।
अब यो एउटै एप मात्र प्रयोग गरेर सजिलैसँग विभिन्न प्रकारका गणनाहरू गर्न सकिने उल्लेख गरिएको छ।
एलिट क्याल्कमा सिम्पल(सरल), इन्टरेस्ट (ब्याज), भ्याट, डिस्काउन्ट (छुट), इनकमट्याक्स (आयकर) र अन्य क्याल्कुलेटरहरू समावेश रहेका छन्। साथै एपमा डेट कन्भर्टर, करेन्सी कन्भर्टर, ल्यान्ड कन्भर्टर, डिस्ट्यान्स कन्भर्टर र अन्य कन्भर्टरहरू समावेश गरिएको उल्लेख छ।
त्यसैगरी एलिट क्याल्क एपमा वर्ल्र्ड टाइम, नम्बर/पासवर्ड/क्यूआर कोड जेनरेटर जस्ता अन्य सुबिधा पनि उपलब्ध भएको जनाइएको छ। त्यसका साथै आफुले गरेको गणनाहरु हिस्ट्रीमा गएर हेर्न पनि सकिने बताईएको छ।
साथै प्रयोगकर्ताले प्रयोगकर्ताको आवश्यकता अनुसार नयाँ सुविधा थप्न सुझावहरू प्रदान गर्न सक्नेछन्।
हाल यो एलिट क्याल्क एप गुगल प्ले मा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
एलिट क्याल्कुलेटरमा रहेका फिचर्सहरु
प्रकाशित: ५ फाल्गुन २०८०, शनिबार