Technology Khabar ३ फाल्गुन २०८०, बिहीबार
काठमाडौं ।
सामसङले आफ्नो अर्को इन्ट्रि–लेभल एम–सिरिज फोन लन्च गर्न तयारी गरिरहेको छ। यसै क्रममा अब तीन ओटा सर्टिफिकेसनहरूले उक्त इन्ट्रि–लेभल एम–सिरिज फोनको केही प्रमुख ब्याट्री विवरणहरू खुलासा गरेको छ।
ग्यालेक्सी एम१५ फाईभजी (एसएम–एम१५६बी) ले डेक्रा, बीआईएस र सेफ्टी कोरिया सर्टिफिकेसनहरू पास गरेको र ५,८८० एमएएच क्यापासिटि रेट गरिएको ब्याट्री विवरणको बारेमा खुलासा गरेको छ। गत वर्षको ग्यालेक्सी एम१४ सँग मेल खाने गरी ६,००० एमएएच क्यापासिटि (क्षमता) को साथ सो डिभाइस लन्च गरिने अपेक्षा गरिएको छ।
ब्याट्रीमा ईबी–बीएम१५६एबीवाई मोडल नम्बर फिचर गरिएको छ र यसले २५वाट सम्मको चार्जिङलाई समर्थन गर्ने अपेक्षा गरिएको छ।
ग्यालेक्सी एम१५ फाईभजीले पनि ६.५ इन्चको एएमओएलईडी डिस्प्ले (एफएचडी+ ९० हर्ज), ५० मेगापिक्सेलको मुख्य क्यामरा र मिडियाटेक डाइमेन्सिटी ६१००+ चिपसेटको साथ ग्यालेक्सी ए१५फाईभजी सँग मिल्दोजुल्दो विशेषताहरू हुने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ३ फाल्गुन २०८०, बिहीबार