किक लाइफस्टाइलको सब–ब्राण्ड नेक्साका ३ उत्पादनहरू सार्वजनिक

  • Technology Khabar | २४ माघ २०८०, बुधबार
किक लाइफस्टाइलको सब–ब्राण्ड नेक्साका ३ उत्पादनहरू सार्वजनिक

काठमाडौं ।

एसेसरी ब्राण्ड किक लाइफस्टाइलले आफ्नो सब ब्राण्ड नेक्साका ३ ओटा उत्पादनहरु सार्वजनिक गरेको छ। १९ वर्षीय नेपाली उद्यमी कुमुद बेगवानीद्वारा यसैबर्ष स्थापित किक लाइफस्टाइल दराजमा ३,००० भन्दा माथि मुल्यका इयरबडहरु बिक्री गर्ने अग्रणी ब्राण्ड बन्न सफल भएको दाबी गरेको छ।

कम्पनीले एउटा स्मार्टवाच र २ वटा इयरबडहरु गरी ३ ओटा उत्पादनहरु सार्वजनिक गरेको हो । नेक्सा नेबुला एमोलेड स्मार्ट वाच प्रिमियम एमोलेड स्मार्ट वाच हो जसको २.०१ इन्चको एमोलेड डिस्प्ले रहेको छ । यसमा एस्पिओ २ मोनिटरिङ्ग, हार्ट रेट सेन्सर, विभिन्न स्पोर्टस मोड लगायत अन्य थुप्रै आवश्यक हेल्थ फिचरहरु राखिएको छ । जिन्क एलोय मेटलबाट बनाइएको हुँदा यो टिकाउ हुनुको साथै आइपि ६७ डस्ट र वाटर रेसिस्ट्यान्स भएको हुँदा धुलो र पानी प्रतिरोधी रहेको पनि कम्पनीले जानकारी दिएको छ। यी सब सुविधायुक्त नेक्सा नेबुला एमोलेड स्मार्टवाच मात्र रु.३,१९९ मा उपलब्ध छ।

त्यस्तै नेक्सा बड्स एक्स टेन एएनसिमा ३० डिबिको एक्टिभ नोइज क्यान्सलेसन भएको हुँदा बिना कुनै अवरोध आफ्नो मन पर्ने संगीतको आनन्द लिन सकिन्छ । यसको मुल्य रू.२,१९९ राखिएको छ । त्यस्तै नेक्सा बड्स जेड १० मा सेग्मेन्ट लिडिङ ४५ एमएस्को लो ल्याटेन्सी मोड भएको हुँदा गेम खेल्दा वा अन्य मल्टिमिडियाको काम गर्दा सिमलेस अडियो ट्रान्स्मिसनको अनुभव लिन सकिन्छ । यसको मुल्य रू.१,८९९ रहेको छ ।

प्रकाशित: २४ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार