निन्टेन्डोले १५.५ मिलियन स्विच बिक्री गर्ने

  • Technology Khabar | २४ माघ २०८०, बुधबार
निन्टेन्डोले १५.५ मिलियन स्विच बिक्री गर्ने

काठमाडौं ।

निन्टेन्डो आफ्नो भिडियो गेम कन्सोल ‘निन्टेन्डो स्विच’को बिक्री बढाउने लक्ष्य राखेको छ। निन्टेन्डोले मंगलबार आफ्नो पूर्ण–वर्ष स्विच बिक्री पूर्वानुमान पहिलेको १५ मिलियन यूनिटबाट बढाएर १५.५ मिलियन यूनिट गरेको रोयटर्सले उल्लेख गरेको छ।

क्योटोमा आधारित गेमिङ कम्पनीले आर्थिक वर्षको पहिलो नौ महिनामा १३.७४ मिलियन स्विच यूनिट बिक्री गरेको छ।

अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १४.९१ मिलियन यूनिट स्विच बिक्री गरेको थियो।

हाइब्रिड होम पोर्टेबल स्विच बजारमा यसको आठौं वर्ष नजिकिँदै गर्दा, निन्टेन्डोले यस वर्ष नयाँ हार्डवेयर जारी गर्नेछ।

स्विचको लाइफसाइकलमा ‘द लिजेन्ड अफ जेल्डाः टियर्स अफ द किङडम’ जस्ता चर्चित गेमले बढाएको जुन गत वर्ष मेमा लन्च भएको थियो। र अक्टोबरमा बिक्रीमा आएको ‘सुपर मारियो ब्रोस वन्डर’ पनि रहेको छ।

प्रकाशित: २४ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×