एचएमडी ग्लोबलद्वारा मोबाइल वर्ल्ड कंग्रेसमार्फत आफ्नो पहिलो फोन लन्च गर्ने तयारी

Technology Khabar २३ माघ २०८०, मंगलवार

काठमाडौं ।

मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) यस वर्षको फेब्रुअरी २६ देखि स्पेनको बार्सिलोनामा आयोजना हुँदैछ। साथै उक्त कार्यक्रममा धेरै ब्रान्डहरू नयाँ प्रविधिहरूका साथ आफ्ना डिभाइसहरू प्रदर्शन गर्न रहेका छन्।

यसै क्रममा एचएमडी ग्लोबलले पनि आगामी टेक प्रदर्शनीमा आफ्नो उपस्थिति रहने पुष्टि गरेको छ। एचएमडीको पहिलो स्मार्टफोनको बारेमा  विभिन्न लीकहरूमार्फत विवरणहरू बाहिरिएको छ।

एमडब्ल्यूसी कार्यक्रममा एचएमडी 

एचएमडीले आगामी कार्यक्रमको लागि आधिकारिक मिडिया निमन्त्रणा पठाएको जनाइएको छ। यो आगामी फेब्रुअरी २५ (आइतबार) एमडब्ल्यूसी बार्सिलोनामा अपराह्नमा हुने तय गरिएको उल्लेख छ। साथै उक्त निम्तोको सो पोस्टरमा ‘केही नयाँ आउँदैछ’ भनेर उल्लेख गरिएको बताइएको छ।

कम्पनीले आफ्नो ब्रान्ड अन्तर्गत नयाँ स्मार्टफोन लन्च गर्ने अपेक्षा गरिएको छ।

एचएमडीले टिकाउ, फन (रमाइलो), फास्ट, सुरक्षित र किफायती फोनहरू बनाउने लक्ष्य राखेको उल्लेख छ। कम्पनीको पहिलो फोनको लीक प्रमोशनल इमेजहरूले यसलाई रंगीन विकल्पहरूमा रहेको खुलासा गरेको छ। त्यसका साथै यसले ओआईएस समर्थनको साथ १०८ मेगापिक्सेलको प्राइमेरी क्यामराको पनि थप रूपमा पुष्टि गरेको छ।

साथै सो डिजाइनले नोकिया लुमियाको अनुभूति दिने जनाइएको छ। लीकर इभान ब्लासका अनुसार पल्स, लेजेन्ड, पल्स प्लस, लेजेन्ड प्लस, पल्स प्रो र लेजेन्ड प्रो कोडनेम रहेको ६ ओटा फोनहरू पाइपलाइनमा रहेको छ।

हालैको रिपोर्ट अनुसार, ९ ओटा एचएमडी फोनहरू पनि आईएमईआई डाटाबेसमा तिनीहरूको कुनै पनि मुख्य विवरणहरूको खुलासा नगरी लिस्टमा रहेको पुष्टि गरेको छ।

प्रकाशित: २३ माघ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया