राइड सेयरिङ सेवालाई उद्योगको मान्यता

  • Technology Khabar | २३ माघ २०८०, मंगलवार
राइड सेयरिङ सेवालाई उद्योगको मान्यता
सांकेतिक तस्विर

काठमाडौं ।

सरकारले राइड सेयरिङ सेवालाई उद्योगको मान्यता प्रदान गरेको छ। सरकारले राइड सेयरिङ सेवालाई औद्योगिक व्यवसाय ऐन, २०७६ मा राइड सेयरिङ सेवा थप गरेर उद्योगको मान्यता प्रदान गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै राइड सेयरिङ सेवालाई औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी सो ऐनको अनुसूची ८ को क्रमसंख्या ६५ पछि क्रमसंख्या ६६ थपेर ६.६ राइड सेयरिङ सेवा राखिएको छ।

राइड सेयरिङ सेवा औद्योगिक व्यवसाय ऐन, २०७६ मा समेटिएसँगै यस सेवा उद्योग विभागमा दर्ता भएर सञ्चालनमा आउने बाटो खुल्ला भएको छ।

२०७२ सालमा भारतको नाकाबन्दी ताका डिजेल र पेट्रोलको प्रयाप्त आपूर्ति नहुँदा राइड सेयरिङ एक अर्कालाई सहयोग गर्ने उद्देश्यले विकास हुन गएको थियो। पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध हुन थाले पछि २०७३ सालमा टुटलले यात्रीबाट पैसा लिएर नेपाल राइड सेयरिङ व्यवसाय सुरु गरेको थियो। तर पयाप्त कानुनको अभावका विभिन्न समयमा राइड सेयरिङ व्यवसायले कानुनी झन्झट व्यहोर्दै आइरहेका छन्।

सरकारले राइड सेयरिङलाई उद्योगका रुपमा मान्यता दिए पनि यातायात कानुनमा अहिले पनि राइड सेयरिङ सम्बन्धी कुनै व्यवस्था गरिएको छ।

प्रकाशित: २३ माघ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २३ माघ २०८०, मंगलवार