ताईवानमा सम्पन्न अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपाल चौथो स्थानमा

  • Technology Khabar | २० माघ २०८०, शनिबार
ताईवानमा सम्पन्न अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपाल चौथो स्थानमा

काठमाडौं ।

ताईवानमा सम्पन्न भएको ताईवान ईन्टरनेशनल साईन्स फेयरमा नेपालले ईन्जिनियरिङ तर्फको विधामा चौथो स्थान हासिल गर्न सफल भएको छ।

यहि माघ १४ देखि १९ गतेसम्म भएको उक्त अन्तराष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपालको तर्फबाट हेटौंडाका कक्षा १२ मा अध्ययनरत विद्यार्थी शाश्वत वाईबाको कृषि-प्रविधिमा आधारित ‘एग्रो-गार्ड’ नामक रिसर्च प्रोजेक्टले चौथो स्थान हासिल गर्न सफल भएको हो।

गणित, रसायन शास्त्र, ईन्जिनियरिङ लगायतका फरक फरक १३ ओटा विधा समेटिएको उक्त प्रदर्शनीमा यस बर्ष ६३० जना विद्यार्थी अनुसन्धानकर्ताहरुद्वारा ३५९ ओटा विज्ञान, सुचना-प्रविधी ,नवप्रवर्तन सम्बन्धि अनुसन्धानकाप्रोजेक्ट हरु प्रदर्शनीमा राखिएको थियो। जहाँ ५४ ओटा अन्तर्राष्ट्रिय र ३०४ ओटा राष्ट्रिय प्रोजेक्टहरु समाबेश गरिएका थिए।

यस विज्ञान प्रदर्शनीमा नेपालबाट विद्यार्थी प्रतिस्पर्धामा सहभागी गराउनका निम्ति विज्ञान तथा प्रविधीका क्षेत्रमा काम गर्दै आईरहेको एस्ट्रोनोभा फाउन्डेसन नेपालले दरखास्त आवेदन आह्वान गरी प्रतिस्पर्धा मार्फत वाईवाको साे अनुसन्धानात्मक प्रोजेक्ट छनोट गरी ताईवानमा नेपाललाई प्रतिनिधित्व गराईएको जानकारी दिएको छ।

वाईवा गत वर्ष व्रेनिक्युव रिसर्च अर्गनाईजेशनद्वारा आयाेजित राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा युवा वैज्ञानिकको उपाधि समेत प्राप्त गरेका थिए।

फाउन्डेशनका किशन बास्ताेला र आयुष बस्नेतको परिवेक्षणमा वाईवासहितको टाेली सहभागी रहेको थियो।

२० वर्ष भन्दा कम उमेरका उच्च शिक्षामा अध्ययनरत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विध्यार्थीहरुको वैज्ञानिक अनुसन्धान, नवप्रवर्तनात्मक अवधारणा र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न अवसर प्रदान गर्ने उदेश्यका साथ हरेक बर्ष ताईवानको सुचना तथा प्रविधि मन्त्रालय मातहतको नेशनल ताईवान साईन्स एजुकेशन सेन्टर(NTSEC) ले उक्त विज्ञान प्रविधि मेलाको आयोजना गर्दै आईरहेको जनाएको छ।

प्रकाशित: २० माघ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार