
काठमाडौं ।
स्कोडाले आफ्नो नयाँ २०२४ एन्याक ईभी भारत मोबिलिटी एक्स्पोमा प्रदर्शन गरेको छ। एन्याक ईभी स्कोडा अटो इन्डियाको पहिलो इलेक्ट्रिक कार हो।
भारतको दिल्लीमा फेब्रुअरी १ देखि ३ सम्म भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२४ आयोजना भइरहेको छ। भारतको केन्द्र सरकारले अटोमोबाइल उद्योगलाई बढवा दिन मोबिलिटी ग्लोबल एक्स्पो २०२४ आयोजना गरिरहेको छ।
यस इभेन्टको उद्देश्य मोबिलिटीलाई ग्लोबल हबको रुपमा भारतको बढ्दो भूमिका देखाउने रहेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। यस प्रदर्शनमा ५० भन्दा बढी देशका ६०० भन्दा बढी कम्पनी सहभागी छन्। भारत मन्डपमा आयोजित यो भारतको पहिलो ठूलो मोबिलिटी शो हो।
कार्यक्रमा चेक गणराज्यको सवारी निर्माता कम्पनी स्कोडा अटोले आफ्नो आधुनिक इलेक्ट्रिक कार एन्याक ईभी पेश गरेको हो। स्कोडा एन्याक एक प्रिमियम ईभी हो। जसलाई भारतीय बजारमा सीबीयू यूनिटका रुपमा उपलब्ध गराइनेछ।
एन्याक एसयूभीमा ७७ किलोवाट आवरको ब्याट्री प्याक र डुअल मोटर्स दिइएको छ। यसको रेञ्ज करिब ५१३ किलोमिटर हुनेछ। एन्याक डुअल मोटरका साथ एडब्ल्यूडीबाट सुसज्जित छ। यसले २६५ बीएचपी पावर जेनरेट गर्छ।
एन्याक ईभी विदेशी बजारमा विभिन्न भेरियन्टमा बिक्री गरिन्छ। ती प्रत्येक फरक फरक रेञ्जमा उपलब्ध छन्। भारतमा एन्याक ८५ भेरियन्ट प्रदर्शन गरिएको हो। यो अल ह्वील ड्राइभ कार हो।
एन्याक ईभीको यस भेरियन्टको अघि र पछाडि एक÷एक इलेक्ट्रिक मोटर छ। यसमा रहेको रियल ह्वील माउन्टेड इलेक्ट्रिक मोटरलाई हाल अन्तर्राष्ट्रिय बाजरका लागि रि ट्यून गरिएको छ।
साथै कारमा भोल्टेज कन्भर्टरलाई पनि अपग्रेड गरिएको छ। जसबाट एन्याक ८५ इलेक्ट्रिक कारले २८६ पीएससम्मको शक्ति प्राप्त गर्न सक्छ। यस ईभीको टप स्पीड १८० किलोमिटर प्रति घण्टा छ। कारले ६.७ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गति लिन सक्षम छ।
८२ किलोवाट आवरको ब्याट्री क्षमताको एन्याक ८५ इलेक्ट्रिक कार १७५ किलोवाट फास्ट चार्जरको मद्दतबाट २८ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। एन्याक ८५ को रियल ह्वील ड्राइभ भर्सन विदेशमा बिक्री हुँदै आएको छ।
स्कोडाका अनुसार एन्याक ८५ रियल ह्वील ड्राइभ भर्सन अधिकतम १३५ किलोवाट चार्जरबाट चार्ज गर्न सकिन्छ। यद्यपि स्कोडाद्वारा एन्याक ईभीका लागि नवीनतम सफ्टवेयर अपडेट मार्फत चार्जिङ गतिलाई २२ प्रतिशतसम्म बढाइएको छ।
प्रकाशित: १९ माघ २०८०, शुक्रबार