माइक्रोसफ्टको त्रैमासिक आम्दानी रिपोर्ट: विन्डोजले भन्दा गेमिङले धेरै पैसा ल्यायो

  • Technology Khabar | १९ माघ २०८०, शुक्रबार
माइक्रोसफ्टको त्रैमासिक आम्दानी रिपोर्ट: विन्डोजले भन्दा गेमिङले धेरै पैसा ल्यायो

काठमाडौं ।

माइक्रोसफ्टको पछिल्लो वित्तीय रिपोर्टले गेमिङको राजस्व (७.११ बिलियन अमेरिकी डलर) ले विन्डोज (५.२६ बिलियन अमेरिकी डलर) लाई कम्पनीको तेस्रो ठूलो राजस्व हिस्साको रूपमा उछिनेको बताएको छ। यसका साथमा एक्टिभिजन–ब्लिजार्डको अधिग्रहण माइक्रोसफ्टको लागि फाइदा जनक भएको देखिएको छ।

माइक्रोसफ्टले सन् २०२३ को डिसेम्बर ३१ मा समाप्त भएको त्रैमासिकमा कुल राजस्व ६२ बिलियन अमेरिकी डलर (१८ प्रतिशत वृद्धि) र खुद आय २१.९ बिलियन अमेरिकी डलर (३३ प्रतिशत वृद्धि) को रिपोर्ट गरेको छ।

प्रोडक्टिभिटी (उत्पादकता) र व्यवसायमा समावेश रहेको माइक्रोसफ्ट अफिस, अफिस ३६५, लिंक्डइन र डायनामिक्स ३६५ को मूल्य १९.२ बिलियन अमेरिकी डलर थियो भने क्लाउड सर्भिसेसले २५.९ बिलियन अमेरिकी डलर योगदान गर्दै माइक्रोसफ्टको शीर्ष दुई आम्दानी क्षेत्रको रूपमा रहन सफल भएका छन्।

त्यसैगरी विन्डोज, विन्डोज ओईएम डिभाइसेस र एक्सबक्स कन्टेन्ट एण्ड सर्भिसेस समावेश गर्ने मोर पर्सनल कम्प्युटिङ क्याटेगोरीले १६.९ बिलियन राजस्व उत्पन्न गरेको उल्लेख छ। साथै एक्सबक्स कन्टेन्ट एण्ड सर्भिसेसले राजस्वमा ६१–प्रतिशत बिन्दुको वृद्धिमा योगदान पुर्याएको छ।

माइक्रोसफ्टको अधिग्रहणले गर्दा २ बिलियन अमेरिकी डलर राजस्वमा खुद सकारात्मक प्रभाव पारेको दावी गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १९ माघ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार