आफ्नो नवीनतम गल्फ कारको साथ यामाहाको हाइड्रोजन भेहिकल क्षेत्रमा प्रवेश

Technology Khabar १७ माघ २०८०, बुधबार

काठमाडौं ।

यामाहाले हाइड्रोजनद्वारा सञ्चालित आफ्नो पहिलो कन्सेप्ट भेहिकल ‘ड्राइभ एच२’ लन्च गरेर वैकल्पिक ऊर्जा सवारी साधनको संसारमा भर्खरै एक महत्वपूर्ण कदम चालेको छ।

यो यामाहाको हालको निरन्तर प्रयासहरू दिगो इन्धन विकल्पहरू खोज्ने दिशातर्फको एक पाइला भएको र यात्रा केही वर्षअघिदेखि सुरु भएको थियो।

कारमा दुईओटा हाइड्रोजन ट्याङ्क

ड्राइभ एच२ को अनावरण फ्लोरिडामा २०२४ पीजीए शो मा गरिएको थियो। यदपी, यो गाडी यामाहाको अवस्थित ड्राइभ २ कन्सर्ज ४ पर्सनल गल्फ कारको परिमार्जित संस्करण भएको र यसमा दुईओटा हाइड्रोजन ट्याङ्कहरू (ट्याङ्की) रहेका छन्। यी प्रत्येक ट्याङ्कीले २५ लिटरसम्म हाइड्रोजन भण्डारण गर्न सक्ने उल्लेख छ। साथै उक्त दुई ओटा ट्याङ्की मध्ये एउटालाई कारको पछाडि राखिएको छ भने अर्को ड्राइभरको सिटमुनि राखिएको छ।

यामाहाको यो इनोभेसन (आविष्कार) को यात्रा भने जनवरी २०२२ मा हाइड्रोजन इन्जिन विकास गर्नका लागि भनेर कावासाकीसँग गरेको साझेदारीको घोषणासँगै सुरु भएको थियो। यसपछि कम्पनीले टोयोटासँग ५ लिटरको भी८ हाइड्रोजन इन्जिनका लागि पनि सहकार्य गरेको थियो।

यामाहाले इन्धनको स्रोतको रूपमा हाइड्रोजनप्रतिको प्रतिबद्धतालाई कम्पनीका अध्यक्ष योशिहिरो हिडाकाले सन् २०२३ को मध्यमा जोड दिएका थिए।

यद्यपि, सवारी साधनहरूमा हाइड्रोजन टेक्नोलोजीको प्रयोगमा चुनौतीहरु रहेका छन्। यसको मुख्य अवरोधको रुपमा इलेक्ट्रिक भेहिकल्स (विद्युतीय सवारीसाधन) ले सामना गर्ने चुनौतीहरू जस्तै सहयोगी पूर्वाधारको आवश्यकता भएको जनाइएको छ। यस प्रकारका सवारी साधनहरूको व्यापक प्रयोगका लागि हाइड्रोजन इन्धन भर्ने स्टेशनहरूको उपलब्धतालाई महत्त्वपूर्ण रुपमा लिइएको छ।

यामाहाले आफ्नो हाइड्रोजन भेन्चरका लागि गल्फ कारमा ध्यान केन्द्रित गरेतापनि मोटरसाइकल सेगमेन्ट (खण्ड) पनि थप सम्भावित विस्तारको क्षेत्र हुने बताईएको छ।

हालसम्म, कावासाकी र सुजुकी हाइड्रोजनबाट चल्ने मोटरसाइकल विकास गर्नमा अग्रपंक्तिमा रहेका छन्।

प्रकाशित: १७ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया