Technology Khabar १३ माघ २०८०, शनिबार
काठमाडौं ।
काइनेटिक लूना सन् १९७० को दशकमा भारतीय बजारमा लोकप्रिय मोटरसाइकल रहेको थियो। पछि विस्तारै आधुनिक बाइक्स र स्कुटरको आगमनससँगै लुना सडकबाट गायब हुन लाग्यो। कम्पनीले २००० को दशकमा लूनाको उत्पादन बन्द गरेको थियो।
काइनेटिक लूना ५० सीसीको मोटरसाइल १९७० को दशकमा साइकल पछि दुई पांग्रे खरिद गर्न चहानेको पहिलो प्राथमिकता हुने गथ्र्यो। तत्कालिन समय भारतको मोपेड बजारमा लूनाको हिस्सा ९५ प्रतिशत भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
अब कानेटिक लूना नयाँ रुपमा पुनरागमन गर्दैछ। काइनेटिक ग्रीनले २६ जनवरीमा यसको बुकिङ सुरु गर्देछ। ई–लूना खरिद गर्न चाहनले ५०० भारु भुक्तानी गरेर बुकिङ गर्न सक्छन्। कम्पनीले फेब्रुअरीमा भारतीय बजारमा इलेक्ट्रिक लूना लन्च गर्ने घोषणा गरेको छ।
काइनेटिक ग्रीन कम्पनीका अनुसार काइनेटिक लूना इलेक्ट्रिक स्कुटर बलियो र गुणस्तरिय इलेक्ट्रिक स्कुटरको रुपमा ल्याइनेछ। तर यसमा पुरानो मोडलको जस्तो प्याडल भने देख्न सकिँदैन।
काइनेटिक ग्रीनका संस्थापक तथा सीईओ फिरोदिया मोटवानीले भने, ‘ई–लूना वर्तमान पूस्तामा प्रविधिको विषयमा ग्राहकको परिवर्तन भएको आवश्यकतालाई प्राथमिकता दिँदै पेस गरिँदैछ।’
कम्पनीले ई–लूनको ब्याट्री र रेञ्जको विषयमा जानकारी उपलब्ध गराएको छैन। यो स्कुटर साना व्यावसायी, डेलिभरी एजेन्ट, कर्मचारीका लागि उपयोगी हुनेछ।
रिपोर्टका अनुसार काइनेटिक ई–लूनाले सिंगल चार्जमा ११० किलोमिटर रेञ्ज प्रदान गर्छ। यसको टप स्पीड ५० किलोमिटरको आसपास हुँदैछ। यसको मूल्य करिब ७० हजार भारु हुने अनुमान गरिएको छ।
काइनेटिक ग्रीन इनर्जी एण्ड पावर सोल्यूसनका म्यानुफ्याक्चरिङ प्लान्ट महाराष्ट्रको अहमदनगरमा छ। यस प्लान्टको क्षमता प्रति महिना ५ हजार यूनिट इलेक्ट्रिक लूना उत्पादन गर्ने रहेको छ।
प्रकाशित: १३ माघ २०८०, शनिबार