Technology Khabar १२ माघ २०८०, शुक्रबार
काठमाडौं ।
इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ एपको नयाँ योजना अन्तर्गत ‘अब टप-अपमा उपहार’ शुरू गरेको छ र यस योजना अन्तर्गत सहकारी/लघुवित्तका सदस्यहरुले आफ्नो सहकारी/लघुवित्तको मोबाइल बैंकिङ एपमार्फत एनटिसी र एनसेल दुवै नम्बरमा टप-अप गर्दा स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका पाउने छन्।
यस योजना अन्तर्गत बम्पर उपहारमा यसुदा ब्रान्डको ३२ इन्चको टिभी घोषित गरिएको छ भने थप उपहारमा नोइज ब्रान्डको इअरबड्स, खल्ती प्रोको सदस्यता र अनर ब्रान्डको स्मार्ट-ब्यान्ड्स रहेको छ। यो योजना ३१ चैत्रमा समाप्त हुनेछ। यस योजनाका विजेताहरु इन्फोडेभलपर्स र एम डबली- मोबाइल बैंकिङको फेसबुक पेज मार्फत घोषणा गरिनेछ।
यस योजनाबाट सहकारी/लघुवित्तका सदस्यहरुले आफ्नो मोबाइलबाटै रिचार्ज र डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य इन्फोडेभलपर्सले राखेको छ, साथै सदस्यहरूलाई मोबाइल बैंकिङको सुविधा अझै सुलभ र सजिलो बनाउनुका साथै मोबाइल बैंकिङ एपको प्रयोगकर्ताहरू बढाउने लक्ष्य राखेको इन्फोडेभलपर्सका डिजिटल बैंकिङ प्रमुख विदित वाग्लेले बताए।
त्यसैगरी, यो योजनाले सहकारी तथा लघुबित्तको क्षेत्रमा मोबाइल बैंकिङ एपको अनुभवमा सकारात्मक परिवर्तन ल्याउनुका साथै नयाँ सदस्यहरू बनाउने, ग्राहक संलग्नता बढाउने, र मोबाइल बैंकिङ एपको प्रयोगमा ब्रिद्धी हुने अपेक्षा गरेको इन्फोडेभलपर्सका बजार प्रमुख रेशम भण्डारीले बताए।
प्रकाशित: १२ माघ २०८०, शुक्रबार