स्मार्टवाचको आयात ८ करोडले घट्यो

  • Technology Khabar | ८ माघ २०८०, सोमबार
स्मार्टवाचको आयात ८ करोडले घट्यो

काठमाडौं ।

नेपालमा स्मार्टवाचको आयात घटेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टवाचको आयात घटेको देखिएको हो।

चालु आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म १६ करोड २७ लाख ८७ हजार। १ लाख ३३ हजार ९७७ यूनिट स्मार्टवाच आयात भएको छ। गत आर्थिक वर्ष २०७९/८० को पुस मसान्तमा २४ करोड ३७ लाख ८१ हजार रुपैयाँ बराबरको १ लाख ७३ हजार ७२१ यूनिट स्मार्ट वाच आयात भएको थियो।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा स्मार्टवाचको आयात
८ करोड ९ लाख ९४ हजार रुपैयाँ अर्थात ३३.२ प्रतिशतले घटेको छ।

चालु आवमो स्मार्टवाचको आयातबाट सरकारले ५ करोड ३ लाख ७९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

नेपालमा २३ मुलुकबाट स्मार्टवाच आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

चीनबाट १४ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबरको १ लाख ३० हजार ४८३ यूनिट स्मार्टवाच आयात भएको छ।

भारतबाट ६८ लाख ९६ हजार रुपैयाँ बराबरको २ हजार ७९० यूनिट स्मार्टवाच आयात भएको छ।

बाँकी २१ मुलुकबाट १ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको ७०४ यूनिट स्मार्टवाच आयात भएको छ।

प्रकाशित: ८ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार