पालिकाद्वारा पेट्रोलियम सवारी विद्युतीयमा रूपान्तरण

  • Technology Khabar | ७ माघ २०८०, आईतवार
पालिकाद्वारा पेट्रोलियम सवारी विद्युतीयमा रूपान्तरण

काठमाडौं ।

इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ।

सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि उपमहानगरले पेट्रोलबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण सुरु गरेको उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए।

“इटहरी उपमहानगरपालिकाले यो कामको सुरूवात भएको छ”, प्रमुख पौडेलले भने, “पहिलो चरणमा दुई ओटा पुरानो मोटरसाइकललाई सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरी विद्युतीयमा रूपान्तरण गरिएको छ।”

सो कम्पनीका सञ्चालक ई आदित्य आचार्यले पेट्रोलबाट चल्ने मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गर्न सम्भव भएको बताए।

सङ्घीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पूरा गरेका सवारी साधनलाई लागतका आधारमा विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलले बताए। रासस

प्रकाशित: ७ माघ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार