एप्पल आईफोन १६ को क्याप्चर बटनमा जुम कन्ट्रोल राखिने चर्चा

  • Technology Khabar | ८ माघ २०८०, सोमबार
एप्पल आईफोन १६ को क्याप्चर बटनमा जुम कन्ट्रोल राखिने चर्चा

काठमाडौं ।

एप्पलले आफ्नो आईफोन १६ प्रो र १६ प्रो म्याक्समा नयाँ क्याप्चर बटन ल्याउने चर्चा रहेको छ जुन यस महिनाको सुरुवातमा लीक रेन्डरहरूमा पनि देखा परेको थियो।

हालै, द इन्फर्मेसनले रिपोर्ट गरेअनुसार एप्पलले बेसलाइन आईफोन १६ र आईफोन १६ प्लस सहित सम्पूर्ण आईफोन १६ रेञ्जमा क्याप्चर बटन परीक्षण गरिरहेको छ।

यसको अतिरिक्त फङ्गसन्सको बारेमा पनि केही थप विवरणहरू प्राप्त भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

क्याप्चर बटन नयाँ आईफोन १६ डिभाइसको लोअर राइट–ह्याण्ड साइड (तल्लो दाहिने भाग) मा अवस्थित एक फिजिकल (भौतिक) बटन हुनेछ भने यसले इन्सट्यान्ट इमेज क्याप्चर र भिडियो रेकर्डिङको लागि अनुमति दिने जनाइएको छ। त्यसैगरी विगतका अफवाहहरूका अनुसार फोनको फ्रेमसँग फ्ल्याश हुनेछ भने टच र प्रेसर कन्ट्रोल्सको लागि फोर्स टच सेन्सर फिचर गर्नेछ।

त्यसका साथै नयाँ विवरणहरूका अनुसार यसले फोकस गर्नका लागि हाफ–प्रेस र तस्वीर खिच्न वा भिडियो रेकर्डिङ सेसन सुरु गर्नलाई फूल–प्रेस अफर गर्नेछ।

यसका अतिरिक्त, एप्पलले क्याप्चर बटनबाट सीधा जुम कन्ट्रोल्स (नियन्त्रणहरू) को लागि अनुमति दिने स्वाइप गेस्चर्स ल्याउने अफवाह रहेको छ। साथै यी नयाँ जुम कन्ट्रोल्स सानो आईफोन १६ प्रो मा निकै उपयोगी हुनेछन् भने जसमा ५एक्स टेट्राप्रिज्म लेन्स रहने चर्चा शुरु भएका छन्।

प्रकाशित: ८ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...