युट्युब र स्पोटिफाईले एप्पल भिजन प्रो को लागि नेटिभ एप प्रदान नगर्ने

  • Technology Khabar | ६ माघ २०८०, शनिबार
युट्युब र स्पोटिफाईले एप्पल भिजन प्रो को लागि नेटिभ एप प्रदान नगर्ने

काठमाडौं ।

एप्ललले यहि फेब्रुअरीमा उपलब्ध गराउने एप्पल भिजन प्रोमा नेटफ्लिक्स एपले काम नगर्ने उल्लेख गरिएको छ। त्यसैगरी युट्युब र स्पोटिफाइसँग अगुमेन्टेड रियालिटी हेडसेटका लागि एपहरू डेलिभर गर्ने कुनै योजना नभएको ब्लूमबर्गले रिपोर्ट गरेको छ।

यी मध्ये कुनै पनि सेवाहरू डेडिकेटेड भिजनओएस एपमा लन्च नगरिने र तिनीहरूको आईप्याड एपहरू पनि ३,५०० अमेरिकी डलरको भीआर हेडसेटको लागि सक्षम नहुने थप उल्लेख छ। यद्यपी सेवाहरू यसको ब्राउजर मार्फत पहुँचयोग्य हुने तर अनुभवमा भिन्नता भने स्पष्टरूपमा हुनेछ।

भिजन प्रो शुक्रबारदेखि प्रि–अर्डर शुरु भएको छ र डेलिभरीको लागि आगामी फेब्रुअरी २ तारिख निर्धारण गरिएको छ।

युट्युबसँग मेटा क्वेस्टको लागि समर्पित एप भएतापनि स्पोटिफाइले भने कुनै पनि भीआर हेडसेटको लागि कुनै नयाँ एप विकास नगरेको उल्लेख छ।

फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप जस्ता मेटा एपहरू पनि भिजन प्रोमा उपलब्ध नहुने बताईएको छ। यद्यपी मेटाले आफ्नो योजनाहरूको बारेमा कहिँ पनि पुष्टि नगरेको हुनाले तिनीहरूलाई भविष्यको कुनै बिन्दुमा देख्न सकिने सम्भावना रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ६ माघ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NASA, Boeing outline next steps for Starliner

  • Technology Khabar
  • ६ माघ २०८०, शनिबार