कहाँ एपसँगको सहकार्यमा सम्पदाको ‘डिजिटल संरक्षण र प्रबर्द्धन अभिवृद्धि’ अभियान

  • Technology Khabar | २८ पुष २०८०, शनिबार
कहाँ एपसँगको सहकार्यमा सम्पदाको ‘डिजिटल संरक्षण र प्रबर्द्धन अभिवृद्धि’ अभियान

काठमाडौं ।

सूचना प्रविधि कम्पनी मसोभिसन टेक्नोलोजी प्रा.लीले नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको ‘डिजिटल संरक्षण तथा प्रवर्द्धन अभिवृद्धि’ का लागि ‘सम्पदा परियोजना’ शुक्रबारबाट औपचारिक रुपमा प्रारम्भ गरेको छ।

कम्पनीले व्यवसायीक सामाजिक उत्तरदायीत्व (CSR) अन्तर्गत शुरु गरेको परियोजनाबाट सबृद्ध साँस्कृतिक र धार्मिक धरोहरहरुको डिजिटल संरक्षण र प्रवर्द्धन हुने अपेक्षा लिएको छ।

मेसोभिसन अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत नारायण क्षेत्रीले भने, ‘नेपालको धार्मिक तथा संस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि हामी स्थानीय सरकार, स्थानीय/सामुदायीक संघसंस्थाहरुको सहकार्यमा यो परियोजना सञ्चालित गर्छौं । जसका लागि कम्पनीले ‘कहाँ’ नामको एप सञ्चालनमा ल्याएको छ।’

ऐतिहासिक तथा सांस्कृतिक रुपमा महत्वपूर्ण विषयलाई डिजिटल संरक्षणका लागि स्रोतको प्रभावकारी बिनियोजन गरेर मेसोभिसन टेक्नोलोजीले अहिले देखिएको समस्यालाई समाधान गर्न खोजेको क्षेत्रीले बताए।

मेसोभिसनले सञ्चालन गर्ने कहाँ एप’ प्रविधिक रुपमा उन्नत मात्रै नभएर सम्पदाको संरक्षण तथा प्रवर्द्धनको प्रयासमा स्थानीय समुदायको स्वामित्व र जिम्मेवारीको भावना समेत उत्पन्न गराउने गरि निर्माण गरिएको जानकारी दिएको छ।

यसले नेपालको सम्पदाको ‘डिजिटल डकुमेन्टेसन’ मा भएको कमीलाई पुरा गर्न कोसिस गर्ने छ। सम्पदाको संरक्षण, डिजिटलाइजेसन र अभिलेखिकरण गर्ने प्रक्रियाको विधि निर्माण गर्ने र नेपालको सम्पदा, विश्वव्यापी डिजिटल पहुँच पुयाउने छ।

कम्पनीले सम्पदा परियोजनाको उद्देश्य प्राप्त गर्नका लागि प्रयोगकर्तालाई केन्द्रमा राखेर नवप्रवर्द्धन, कम खर्चिलो, प्रविधि प्रयोगका लागि ‘कहाँ एप’ बनाएको हो।

यसमा नेपाल, अंग्रेजीसहित विभिन्न भाषाहरुमा जानकारी पाउने र प्रयोगकर्ताको सहजताका लागि शब्दलाई आवाजमा रुपान्तरण गर्न सक्ने गरि निर्माण गरिएको छ।

सम्पदाको फोटो, भिडियो र ३६० डिग्री भ्युको सुविधा प्रयोग गरेर त्यसमा वृहत श्रव्यको प्रयोग गरिएको छ । प्रयोगकर्ताले एपमा रहेको च्याट सुविधा प्रयोग गरेर स्थानीय समुदायसँग सम्बन्ध बनाउने र अन्तर्क्रिया गर्न सक्नेछन्।

त्यसैगरी एपको लोकेसन शेयरिङ तथा नेभिगेसनबाट तथा सम्पदा क्षेत्र पत्ता लगाउन र पुग्न सक्नुहुनेछ, एपमा रहेको नोटिस बोर्डबाट अद्यावधिक जानकारीबाट सुसुचित हुनेछ र क्युआर जेनेरासन तथा ‘कहाँ’ मा ट्याग गरि सूचना शेयर गर्न सकिने छ।

प्रकाशित: २८ पुष २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार