
काठमाडौं ।
टाटा मोटर्सले लामो समयको प्रतिक्षा पछि टाटा पञ्च ईभीको खुलासा गरेको छ। टाटाले जनवरीमा पञ्च ईभी लन्च गर्ने तयारी गरिएको छ।
टाटा पञ्च ईभीमा यसको पेट्रोल मोडलको तुलनामा कयौं एडभान्स फिचर्स उपलब्ध हुने ड्राइभस्पार्कले उल्लेख गरेको छ। टाटा मोटर्सले पञ्च ईभीको बुकिङ सुरु गरेको छ। नयाँ एक्टिभडटईभी प्लेटफर्ममा तयार गरिको पञ्च ईभी २१ हजार भारु टोकन रकम बुझाएर बुक गर्न सकिन्छ।
यस्तोमा कम्पनीको तर्फबाट आधिकारिक घोषणा अघि पञ्च ईभीको मूल्य इन्टरनेटमा लीक भएको छ। पञ्च कम्पनीको नेक्सन, टिगोर र टियोगो पछिको चौथो ईभी हो।
बुकिङ सुरु भएसँग पञ्च ईभी एसयूभीले उपभोक्तको राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ। यस्तोमा कारको स्पेसिफिकेशन र मूल्य बाहिर आएको छैन। तर पनि धेरै मानिसले पञ्च ईभी बुक गरिरहेका छन्।
रिपोर्टका अनुसार नयाँ इलेक्ट्रिक माइक्रो एसयूभी बुक गर्नेहरुलाई इमेलका माध्यमबाट मूल्यको जानकारी दिइएको छ। टाटा पञ्च ईभीको मूल्य टेस्ला क्लब इन्डियाको एक्समा शेयर गरिएको छ।
शेयर गरिएको पोस्टमा पञ्च ईभीको दुई भेरियन्टको मूल्य लीक भएको छ। पोस्टका अनुसार टेस्ला क्लब अफ इन्डियाका सदस्य हरिराज राठौडलाई मूल्यका सम्बन्धमा मेल प्राप्त भएको हो।
रिपोर्ट अनुसार टाटा पञ्च ईभीको लङ रेञ्ज एम्पावर्डप्लस बुक गरिएको छ। यो मोडल सनरुफका साथ ३.३ किलोवाट चार्जरका साथ आउनेछ। पञ्च ईभीको यस भेरियन्टको मूल्य १६ लाख १३ हजार ७२९ भारु बताइएको छ।
टेस्ला क्लब इन्डियाको अन्य पोस्टमा पञ्च ईभीको एडभेन्चर एलआर भेरियन्टको मूल्य पनि शेयर गरिएको छ। यस भेरियन्टको मूल्य १३ लाख ७३ हजार ८४७ भारु (एक्स शोरुम) तोकिएको छ। एडभेन्चर पञ्च ईभीको दोस्रो बेस भेरियन्ट हो।
यस विषयमा टाटा मोटर्सले आफ्नो सोशल मिडिया अकान्ट मार्फत प्राविधिक खराबीका कारण यस्तो भएको बताएको छ। ईभीको आधिकारिक मूल्य लन्चको क्रममा सार्वजनिक हुने बताएको छ। तर कम्पनीले लीक भएको मूल्यमा असहमति भने जनाएको छैन।
यस्तोमा एक्समा शेयर भएको मूल्य सही वा गलत भएको पुष्टि गर्न नसकिने ड्राइभस्पार्कले उल्लेख गरेको छ। टाटा टियागो ईभी ह्याचब्याक टाटाको एन्ट्री लेभल ईभी हो। यसको एक्स शोरुम मूल्य ८ लाख ६९ हजार देखि १२ लाख ४ हजार भारुसम्म छ।
प्रकाशित: २४ पुष २०८०, मंगलवार