Technology Khabar २४ पुष २०८०, मंगलवार
काठमाडौं ।
टाटा मोटर्सले आफ्नो नयाँ प्योर ईभी प्लेटफर्मको खुलासा गरेको छ। कम्पनीले ईभी प्लेटफर्मलाइ एक्टिभडटईभीडटईभी नाम दिएको छ। कम्पनीले यस प्लेटफर्मबाट निकट भविष्यमा एडभान्स कने्रक्टेड टेक–इन्टेलिजेन्ट इलेक्ट्रिक भेहिकलमा आधारित नयाँ इलेक्ट्रिक कार ल्याउने छ।
टाटा पञ्च ईभी नयाँ प्लेटफर्ममा आउने पहिलो ईभी हुनेछ। जसले भविष्यमा टाटा मोडललाई रेखान्कित गर्नेछ। टियागो ईभी, टिगोर ईभी र नेक्सन ईभी पछि पञ्च कम्पनीको चौथो फूल ईभी हुनेछ।
कम्पनीको रिपोर्ट अनुसार नयाँ एक्टिभडटईभी प्लेटफर्ममा अलग अलग बडी स्टाइलमा पाँच भन्दा अधिक ईभी आउँदैछ। टाटाले जारी गरेको प्रमोशनल भिडियोमा आगामी १८ महिनामा यस प्लेटफर्ममा पाँच ईभी आउनेछ।
यस प्लेटफर्ममा टाटाको कर्भ, सिएरा र ह्यारिस समावेश छन्। टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका मुख्य उत्पादक अधिकारी आनन्द कुलकर्णीले भने, ‘टाटाको नयाँ मेड इन इन्डिया आर्किटेक्चरले उत्कृष्ट दक्षता, व्यावहारिकता र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्नेछ।’
टाटा एक्टिभ प्लेटफर्ममा टाटाको हाल उपलब्ध ईभी नेक्सन र टियागोलाई आफ्टर फिडब्यक अनुसार डिजाइन र विकसित गरिनेछ। कुलकर्णीले नयाँ ईभीमा सिर्फ उन्नत प्रविधि मात्र समावेश नभएर भविष्यका लागि आवश्यक सबै सफ्टवेयर आधिरित विशेषता पनि हुने बताए।
यस प्लेटफर्ममा आधारित अनुकूलित ब्याट्री प्याक डिजाइन र विश्वव्यापी स्ड्यान्डर्डमा परीक्षण गरिएको उन्नत सेल ईभीको प्रयोग गरिनेछ। यो ब्याट्री प्याक ३०० देखि ६०० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्न सक्षम हुने ड्राइभस्पार्कले उल्लेख गरेको छ।
यस प्लेटफर्ममा ईभी एसी फास्ट चार्जिङका लागि ७.२ किलोवाटदेखि ११ किलोवाट क्षमताको अन बोर्ड चार्जर राखिनेछ। यसका साथै १५० किलोवाट डीसी फास्ट चार्जिङ पनि सपोर्ट गर्छ।
प्लेटमर्फ शक्तिशाली बडी प्यानलका लागि डिजाइन गरिएको छ। जसले जीएनसीएपी र बीएनसीएपी सुरक्षा प्रोटोकल अनुपालन गर्छ। नयाँ मोडल सुरक्षालाई ध्यान दिएर तयार गरिने र शक्तिशाली चेसिस हुने भएकाले फाइभ स्टार रेटिङ प्राप्त गर्ने टाटा विश्वास लिएको छ।
उत्कृष्ट सुरक्षा र नेभिगेशन सुनिश्चित गर्नका लागि यसमा उन्नत कम्प्युटिङ क्षमताका साथ एडीएएस दिइएको छ। नयाँ प्लेटफर्म भविष्यको स्केलेबल क्लाउड आर्किटेक्चरमा बनाइएको छ।
यसले भेहिकल टू लोड र भेहिकल टू भेहिकल चार्जिङ प्रविधि पनि सपोर्ट गर्छ।
प्रकाशित: २४ पुष २०८०, मंगलवार