टेस्लाले मोडल वाईको रेन्ज इस्टिमेट्स लगभग २० माइलले घटायो

  • Technology Khabar | २३ पुष २०८०, सोमबार
टेस्लाले मोडल वाईको रेन्ज इस्टिमेट्स लगभग २० माइलले घटायो

काठमाडौं ।

टेस्लाले मोडल वाई लङ रेन्ज र मोडल वाई पर्फमेन्सको गरी दुई ओटा मोडल वाई भेहिकल्सको रेन्ज इस्टिमेट्स ६ प्रतिशतले घटाएको छ। यसलेगर्दा मोडल वाई लङ रेन्जको दायरा ३३० माइलबाट ३१० माइल र मोडल वाई पर्फमेन्सको ३०३ माइलबाट २८५ माइलमा झरेको उल्लेख छ।

यद्यपी भर्खरै लन्च गरिएको र बजेट–अनुकूल मोडल वाई रियर–व्हील ड्राइभ भने यसबाट प्रभावित नभएको र आफ्नो २६० माइल रेन्ज रेटिङ कायम राखेको इलेक्ट्रेकले रिपोर्टिङ गरेको छ।

रेन्ज इस्टिमेट्स घटाउनुको बारेमा टेस्लाले कुनै पनि आधिकारिक कारण नखुलाएको तर यो लामो समयदेखि उद्योगमा खुला गोप्य कुरा भएको र जुन कम्पनीले यी मेट्रिक्सलाई बढाइचढाइ गर्न खोजेको उल्लेख छ। साथै सोही कारणका लागि दक्षिण कोरियाले कम्पनीलाई ठूलो जरिवाना जारी गरेको उल्लेख छ।

त्यसका साथै टेस्लाले दायरा–सम्बन्धित सेवा उजुरीहरू रद्द गर्न वा कम गर्नका लागि भनेर कर्मचारीहरूमा “डायभर्सन टिम(टोली)” राखेको आरोप पनि लगाइएको छ।

आफ्नो रेन्ज इस्टिमेट्सले वास्तविकतालाई सहीरूपमा प्रतिबिम्बित गरोस् भनेर कम्पनीले सम्भवतः यो कदम चालेको हुन सक्ने जनाइएको छ। यद्यपी यसको मतलब यो होइन कि पुरानो इस्टिमेट्स (अनुमानहरू) फ्ल्याट–आउट लाईज (झूट) थिए।

ईपीएले यस प्रकारको धेरै परीक्षणहरू सञ्चालन गर्ने गरेका र प्रिस्टिन ड्राइभिङ कन्डिसन्स रियल–लाईफ भेरियबल्स (वास्तविक–जीवन चरहरू) सँग विरलै मेल खाने स्वीकार पनि गरेको छ। त्यसको लागि, एजेन्सीले उत्पादकहरूलाई तिनीहरूको आफ्नै परीक्षणहरू सञ्चालन गरेपछि दायरा अनुमानहरू बढाउन वा घटाउन केही छुट पनि दिने जनाइएको छ।

टेस्लाको एल्गोरिदमले पनि सटिकताको यी कमी कमजोरीहरूलाई स्वीकार गरेको उल्लेख छ। यदि मोडल वाईलाई पूर्ण रूपमा चार्ज गरेर २६० माइल टाढाको गन्तव्य सेट गरियो भने, नेभिगेसन एल्गोरिदमले स्वचालित रूपमा सुपरचार्जरको रुट (मार्ग) दिने बताईएको छ।

अहिलेको लागि, यी परिवर्तनहरू लङ रेन्ज र पर्फमेन्स मोडल वाई रिलीजेसमा मात्र लागू भएको उल्लेख छ। साथै टेस्लाका अन्य भेहिकलहरूले संशोधित दायरा अनुमानहरू प्राप्त गर्नेछन् वा छैनन् भनेर जानकारी छैन्।

प्रकाशित: २३ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार