काठमाडौं ।
माइक्रोसफ्टका कार्यकारी डी टेम्पलटन ओपनएआई बोर्डमा सामेल भएकी छिन्। डी टेम्पलटन बोर्डरुप सुधारको हिस्सा अन्तर्गत नन् भोटिङ अब्जर्भर (पर्यवेक्षक)को रुपमा ओपनएआई बोर्डमा सामेल भएको ब्लूमबर्गले शुक्रबार यस विषयमा परिचित व्यक्तिलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।
च्याटजीपीटी निर्माताको बोर्डले गत नोभेम्बरमा सीईओ साम अल्टम्यानलाई हटाउने निर्णय गरेसँगै कम्पनीमा विवाद उत्पन्न भएको थियो। तत्कालिन समयमा ७०० भन्दा बढी सोको विरोध स्वरुप कम्पनी छोड्ने चेतावनी दिए पछि बोर्डले केही दिनमा अल्टम्यानलाई पुन नियुक्त गरेको थियो।
पदमा पुनस्थापित भए पनि अल्टम्यानले माइक्रोसफ्टले ओपनआई बोर्डमा नन् भोटिङ पर्यवेक्षक नियुक्त गर्ने बताएका थिए।
माइक्रोसफ्टको पर्यवेक्षक प्रतिनिधिले ओपनएआईको बोर्ड बैठकहरूमा भाग लिन र गोप्य जानकारीहरू पहुँच गर्न सक्छ, तर माइक्रोसफ्टसँग निर्देशकहरू छनोट गर्ने वा छनौट गर्ने लगायतका विषयमा मतदान गर्ने अधिकार हुने छैन।
टेम्पलटनको लिंक्डइन प्रोसाइल अनुसार उनी टेक जायन्टमा २५ वर्षदेखि छिन्। र हाल उनी टेक्नोलोजी र अनुसन्धान साझेदारी र सञ्चालनकी उपाध्यक्ष हुन्।
रिपोर्ट अनुसार उनी ओपनएआईको बोर्ड मिटिङमा उपस्थित हुन सुरु गरेसेकी छिन्।
प्रकाशित: २३ पुष २०८०, सोमबार