सामसङको ग्यालेक्सी एस २४ सिरिज जनवरी १७ मा लन्च हुने

  • Technology Khabar | १८ पुष २०८०, बुधबार
सामसङको ग्यालेक्सी एस २४ सिरिज जनवरी १७ मा लन्च हुने

काठमाडौं ।

सामसङले आधिकारिक रूपमा ग्यालेक्सी एस २४ सिरिज लन्चको मिति तय गरेको छ। अनप्याक्ड इभेन्ट (कार्यक्रम) जनवरी १७ तारिखमा हुने भएको छ, जहाँ नयाँ ग्यालेक्सी सिरिज प्रस्तुत गरिने उल्लेख छ।

उक्त कार्यक्रम प्यासिफिक टाईमअनुसार बिहान १० बजे अर्थात नेपाली समयअनुसार दिउँदो ११:४५ मा आयोजना हुनेछ। यसका साथै सो इभेन्टमा ग्यालेक्सी एआईको पनि घोषणा गरिने संभावना छ।

इभेन्टमार्फत ग्यालेक्सी एस२४, ग्यालेक्सी एस२४प्लस र ग्यालेक्सी एस२४ अल्ट्राले आफ्ना पूर्ववर्तीहरूको समग्र डिजाइन र फुटप्रिन्ट कायम राख्ने उल्लेख गरिएको छ। कम्पनीले प्रस्तुत गर्ने सबैभन्दा ठूलो परिवर्तन भनेको नयाँ वान यूआई ६.१ हो र जसलाई सामसङको जेनेरेटिभ एआईसँग इनफ्यूज्ड गरिएको छ, जसले गर्दा थप राम्रो नाइट मोड फोटोहरू, कलको दौरान लाइभ ट्रान्सलेसन (अनुवाद) र सफ्टवेयर अप्टिमाइजेसनहरूको बण्डल ल्याउनेछ।

फोनहरू प्राय जसोः पूर्ण रूपमा लीक भएको र सबैभन्दा चाखलाग्दो पक्ष भनेको यिनीहरूको मूल्य महँगो नहुन हो। एस २४ र एस २४ प्लस युरोपमा सबैभन्दा सस्तो हुने जनाइएको छ भने यो परिवर्तन संयुक्त राज्य अमेरिकाको मूल्यमा पनि प्रतिबिम्बित हुने सम्भावना छ।

स्पेक्स अनुसार एस २४ र एस २४ प्लसमा एक्सिनोस २४०० वा स्न्यापड्रागन ८ जेन ३ रहने र एस २४ अल्ट्राले भने ग्यालेक्सीको लागि स्न्यापड्रागन ८ जेन ३ मात्र समावेश गर्नेछ।

प्रकाशित: १८ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार