श्रम मन्त्रालयका प्रवक्ताको दस्तखत किर्ते गरेर ईपीएस बारे फेसबुकमा भ्रामक सूचना

  • Technology Khabar | १६ पुष २०८०, सोमबार
श्रम मन्त्रालयका प्रवक्ताको दस्तखत किर्ते गरेर ईपीएस बारे फेसबुकमा भ्रामक सूचना
फाइल तस्बिर।

काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ताको दस्तखत किर्ते गरेर ईपीएस कोरियाबारे भ्रामक सूचना सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

उच्च अदालत पाटनको आदेश बमोजिम सिप बिल्डिङ क्षेत्रका आवेदकहरूको लागि १३ हजार ५८ जनाको कोटा छुट्टाइएको भन्दै भ्रामक सूचना फेसबुकमा सार्वजनिक गरिएको श्रम मन्त्रालयले जानकारी दिएको छ।

श्रम मन्त्रालयले उक्त भ्रामक सूचना सार्वजनिक गर्ने विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा आवश्यक कारबाहीका लागि पत्राचार गरेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले उक्त प्रेस विज्ञप्ती पूर्णतः असत्य र भ्रामक भएको बताएका छन्। उनले सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाहीको गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको बताए।

“सामाजिक सञ्जालमा राखिने गलत सूचनामा कुनै आधिकारिकता नहुने हुनाले यस्ता भ्रामक सूचना सम्बन्धमा समयमै सजग एवं सचेत हुन र मन्त्रालय तथा मातहतका निकायहरूको काम कारबाही सम्बन्धमा मन्त्रालय तथा अन्तर्गत निकायहरूको आधिकारिक वेबसाइट मार्फत मात्र जानकारी लिनुहुन सम्बन्धित सबैमा सूचित गराईन्छ,” प्रेस विज्ञप्तीमा भनिएको छ।

सूचना २०८०-०९-१६

प्रकाशित: १६ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...