
काठमाडौं ।
फक्सवागन समर्थित चिनियाँ अटोमेकर जेएसी मोटर्सले आफ्नो नयाँ यीवेई ब्रान्ड मार्फत सोडियम–आयन ब्याट्री सहितको इलेक्ट्रिक भेहिकल (ईभी) लन्च गर्ने तयारी गरेको छ।
सोडियम–आयन ब्याट्री टेकमा लिथियम–आयन भन्दा न्यून घनत्व भए तापनि यसको कम लागत, अधिक प्रचुर मात्रामा आपूर्ति र सुपिरियर कोल्ड–वेदर पर्फमेन्स (उच्च चिसो मौसम प्रदर्शन) ले गर्दा बृहतरुपमा ईभी अपनाउने गतिलाई बढावा दिन मद्दत गर्ने बताईएको छ।
साथै जेएसी यिवेई ईभी ह्याचब्याकको डेलिभरी जनवरीमा सुरु हुने कारन्यूजचाइनाले रिपोर्ट गरेको छ।
जेएसीको लागि यिवेई सन् २०२३ को नयाँ ब्रान्ड हो। फक्सवागनको जेएसीमा ७५ प्रतिशत हिस्सेदारी (र व्यवस्थापन नियन्त्रण) छ भने जेएसीको मूल कम्पनी ‘आन्हुई जिआङ्हुई अटोमोबाइल ग्रुप होल्डिंग्स’ (जेएजी) मा ५० प्रतिशत स्वामित्व रहेको छ। त्यसैगरी जेएजीको बाँकी आधा स्वामित्व भने चिनियाँ सरकारसँग रहेको इनग्याजेटमा उल्लेख गरिएको छ।
यिवेई ईभी यस वर्षको सुरुमा घोषणा गरिएको सेहोल ई१०एक्स ह्याचब्याकको रिब्रान्डेड संस्करण जस्तो देखिन्छ। उक्त सेहोल मोडलमा २५ किलोवाट आवर क्षमता सहित २५२ किमी (१५७ माइल) दायराका साथ १२० किलोवाट आवर, ३सी देखि ४सी चार्जिङ र हिना नासीआर३२१४० सेल रहेको छ।
जेएसीले मे महिनामा यिवेई ब्रान्डको खुलासा गरेपश्चात यसले सेहोल लेबल छोड्ने र आफ्ना सबै सवारी साधनहरूलाई जेएसी वा यिवेई मा रिब्रान्ड गर्ने बताएको थियो।
नयाँ यिवेई ईभीमा हिना ब्याट्रीको सिलेन्ड्रिकल सोडियम–आयन सेलहरू प्रयोग गरिएको जनाइएको छ। जेएसीले कम्पनीको मोड्युलर यूई (युनिटाइज्ड इन्क्याप्सुलेशन) हनीकम्ब स्ट्रक्चर (संरचना) मा ब्याट्रीहरू एसेम्बल गर्ने र सीएटीएलको सीटीपी (सेल–टु–प्याक) र बीवाईडीको ब्लेड जस्तै भएको थप उल्लेख गरिएको छ। साथै लेआउटले अधिक स्थिरता र पर्फमेन्सको लागि योगदान गर्न सक्नेछ।
प्रकाशित: १४ पुष २०८०, शनिबार