Technology Khabar १२ पुष २०८०, बिहीबार
काठमाडौं ।
माइक्रोसफ्टले ओपनएआईको जीपीटी–४ टर्बोलाई कोपाइलटमा इन्टिग्रेट (एकीकृत) गरेको थियो भने र अब आएर कोपाइलट एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि उपलब्ध गराएको छ। यसअघि, गत सेप्टेम्बर महिनामा विन्डोज ११ ले कोर्टानालाई आफ्नो नयाँ एआई–पावर्ड च्याट असिस्टेन्ट ‘कोपाइलट’ को साथ प्रतिस्थापन गरेको थियो।
माइक्रोसफ्टले हालै मात्र ओपनएआईको जीपीटी–४ र डाल-ई ३ (DALL-E 3) मोडलहरू प्रयोग गर्दै एन्ड्रोइडमा कोपाइलट एआई–पावर्ड च्याट असिस्टेन्ट प्रस्तुत गरेको हो। त्यसैगरी बेसिक टेक्स्ट इनपुटहरूबाट भिजुअल रूपमा अपिलिंङ कन्टेन्ट (आकर्षक सामग्री) उत्पन्न गर्दा यो एपले द्रुत र सही प्रतिक्रियाहरू सुनिश्चित गर्ने उल्लेख गरिएको छ।
कोपाइलटलाई गुगल प्ले स्टोर बाट निःशुल्क डाउनलोड गर्न सकिने छ। त्यसैगरी यसले प्रयोगकर्ताहरूलाई इमेलहरू ड्राफ्ट गर्न, कम्पोज स्टोरिज (कथाहरू रचना गर्न), भाषा अनुवाद गर्न, प्रुफरिडिङ्ग गर्न र यात्राको योजना बनाउन अनुमति दिने जनाइएको छ। डालई ३ (DALL-E 3) द्वारा संचालित ईमेज क्रिएटरले टेक्स्ट प्रम्प्टहरूलाई उच्च–गुणस्तरको भिजुअलमा परिणत गरेर डिजाइन प्रक्रियाहरूलाई सुव्यवस्थित बनाउने उल्लेख छ।
एन्ड्रोइड संस्करण अब पहुँचयोग्य भएतापनि माइक्रोसफ्टले आधिकारिक रूपमा आईओएस रिलीजको लागि कुनै पनि योजनाहरू बताएको छैन्।यद्यपी सन् २०२४ मा लन्च गरिने सम्भावना रहेको अनुमान गरिएको छ।
माइक्रोसफ्टले बिंग च्याटलाई पुनः ब्रान्डिङ गरेर कोपाइलट बनाएको जनाइएको छ। कोपाइलटले यसको समकक्षी च्याटजीपीटीलाई नजिकबाट प्रतिबिम्बित गर्दै एन्ड्रोइडमा च्याटबट क्यापाबिलिटिज, ईमेज जेनेरेसन र टेक्स्ट ड्राफ्टिङ प्रदान गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी उत्सुकतापूर्वक कोपाइलटलाई पर्खिरहेका आईओएस प्रयोगकर्ताहरूका लागि भने हाल बिंग एपमार्फत यो सुविधाहरू उपलब्ध रहेको छ।
प्रकाशित: १२ पुष २०८०, बिहीबार