Technology Khabar १२ पुष २०८०, बिहीबार
काठमाडौं ।
वनप्लसले आफ्नो बजेट स्मार्टफोन ऐस ३ अर्को बिहीबार चीनको स्थानीय समय अनुसार दिउँसो २ः३० बजे लन्च गर्ने घोषणा गरेको छ। केही समयदेखि सुन्दै आएको वनप्लस ऐस ३ (OnePlus Ace 3) सन् २०२४ को जनवरी ४ तारिखमा चीनमा अनावरण गरिने यसअघि नै चर्चामा रहेको थियो र अब ती अफवाहहरू सही भएका छन्।
वनप्लसको टिजरले ऐस ३ को डिजाइनको बारेमा खुलासा गरेअनुसार यो वनप्लस १२ आर भएको र वनप्लस १२ सँगै यसलाई पनि सन् २०२४ को जनवरी २३ तारिखमा अन्तर्राष्ट्रिय बजारहरूमा लन्च गरिने उल्लेख छ।
वनप्लस ऐस ३ मा तीन ओटा कलर अप्सन्स (रङ विकल्पहरू) हुनेछन् भने यसमा स्न्यापड्रागन ८ जेन २ एसओसी समावेश गरिने जनाइएको छ।
यसमा ६.७८ इन्चको कर्भ्ड स्क्रिन हुनसक्नेछ भने फोनमा १२ वा १६ जीबीको र्याम राखिने संभावना रहेको छ।
प्रकाशित: १२ पुष २०८०, बिहीबार