आइएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी कमर्सियल बैंकवीच बैंक अस्योरेन्स सम्झौता

  • Technology Khabar | १३ बैशाख २०७५, बिहीबार
आइएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी कमर्सियल बैंकवीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं ।

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स र सेन्चुरी बैंक बिच बैंक अस्योरेन्स सम्झौता भएको छ । सो बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सेन्चुरी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले हस्ताक्षर गरेका छन् ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले सेन्चुरी बैंकको कुनै पनि शाखाबाट आइएमई लाईफ इन्स्योरेन्सको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने बताईएको छ ।

आइएमई लाईफ इन्स्योरेन्सले हाल ५० स्थानबाट विभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगदर्फिता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको जनाएको छ ।

प्रकाशित: १३ बैशाख २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार