‘कोक खाम् रसिया जाम’ योजनाको ४० बिजेताको नाम घोषणा

Technology Khabar १२ बैशाख २०७५, बुधबार

काठमाडौं ।

काठमाडौं । कोकाकोला नेपालले संचालन गरेको उपभोक्ता प्रमोशन क्याम्पेन “कोक खाम् रसिया जाम” अभियान अन्र्तगत ४० भाग्यशालि बिजेताको छनोट भएको छ । उनिहरु सबैले रसिया पुगेर त्यहाँ लाग्ने सम्पूर्ण खर्च कम्पनीले ब्यर्होने गरि रसियामा हुने विश्वकप २०१८ को प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।

यो योजना फेब्रुअरी १५ तारिखबाट शुरु भएर अप्रिल १५ तारिखमा समापन भएको हो । जहाँ ४० जना भाग्यसाली बिजेताको नाम घोषणा भएको छ । साथै १८ जना भाग्यशालि उपभोक्ताले २४ इन्चको टेलिभिजन जितेका छन् । साथै १० हजार भन्दा बढिले फिफाको लोगो अंकित बिशेष उपहार जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जिते ।

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘हामी निकै खुसी छौँ किन भने यो क्याम्पेन नेपाली कोकाकोलाका उपभोक्ताको लागि अविस्मरणीय भयो । यो सबैभन्दा ठुलो मध्येको एक क्याम्पेन थियो । जहाँ ४० जना भाग्यमानी विजेताले रसिया गएर प्रत्यक्ष खेल हेर्ने मौका पाउन भए भने टेलिभिजन र अन्य फिफाको लोगो अंकित बिशेष उपहार जित्न सफल भएका छन् ।’

प्रकाशित: १२ बैशाख २०७५, बुधबार

तपाइको प्रतिक्रिया