हुण्डाइ ओपन गल्फ टुर्नामेन्ट २०१८ हुने

  • Technology Khabar | १२ बैशाख २०७५, बुधबार
हुण्डाइ ओपन गल्फ टुर्नामेन्ट २०१८ हुने

काठमाडौं ।

काठमाडौं । नेपालको लागी हुण्डाईको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले ‘हुण्डाइ ओपन गल्फ टुर्नामेन्ट २०१८’ आयोजना गर्ने भएको छ।

सो टुर्नामेन्ट ग्लेनेगेल्स डिजाइन गोकर्ण गल्फ क्लबमा यही आउँदो शुक्रबार र शनिबार हुने भएको छ। सो ओपन गल्फ टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फर्म्याटमा र ३/७ ह्यान्डीक्यापमा खेलीने बताइएको छ।

कम्पनीका अनुसार टुर्नामेन्टमा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन्।

टुर्नामेन्टमा टाइटल विनर (नेट), फस्ट रनरअप, सेकेण्डल रनरअप, बेस्ट ग्रस, लेडिज विनर, सिनियर विनर (६० वर्ष उमेर माथिको), जुनियर विनर (१७ वर्ष उमेर मुनीको), हुण्डाई अर्नर क्याटेगोरी विनर, लङगेष्ट ड्राइभ, क्लोसेत टु द पिन, मस्ट बर्डिज क्याटेगोरीमा बिजेता घोषित गरिने छ।

यसको साथै होल इन वन बिजेतालाई उपहार स्वरूप एक थान ‘हुण्डाई ग्राण्ड आइटेन’ गाडी प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित: १२ बैशाख २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...