शाओमी १४, शाओमी १३ र मिक्स फोल्ड ३ ले वाईफाई ७ अपग्रेड प्राप्त गर्ने

  • Technology Khabar | २० मंसिर २०८०, बुधबार
शाओमी १४, शाओमी १३ र मिक्स फोल्ड ३ ले वाईफाई ७ अपग्रेड प्राप्त गर्ने

काठमाडौं ।

शाओमीले आधिकारिक रूपमा शाओमी मिक्स फोल्ड ३ का साथै शाओमी १३ र शाओमी १४ सिरिज सहित अन्य फ्ल्यागशिप फोनहरूको लागि वाई–फाई ७ मा स्तरवृद्धि गर्ने घोषणा गरेको छ।

यो अपग्रेडले प्रयोगकर्ताहरूलाई फास्टर नेटवर्क स्पिड, लोअर ल्याटेनसी र एनहान्स्ड एन्टी–इन्टरफेस क्षमता बढाउने प्रतिज्ञा गर्दै वाईफाई प्रविधिको नयाँ युगमा महत्त्वपूर्ण फड्को मारेको उल्लेख गरिएको छ।

‘आईईईई ८०२.११बीई’ अर्थात एक्सट्रिम्ली हाई थ्रुपुट भनेर पनि चिनिने गरिएको यस वाईफाई ७ ले अर्को पुस्ताको वाईफाई स्ट्याण्डर्ड (मापदण्डहरू) लाई प्रतिनिधित्व गर्दछ।

वाईफाई ६ को आधारशिलामा निर्माण गरिएको वाईफाई ७ ले ३२० मेगाहर्ज ब्यान्डविथ, ४०९६–क्यूएएम, मल्टि–आरयू (रिसोर्स युनिट), मल्टि–लिङ्क अपरेसन र मल्टि–एपी (एक्सेस पोइन्ट) कोअपरेसन प्रस्तुत गरेको उल्लेख छ। यी प्रगतिहरूले वाईफाई ६ को तुलनामा उच्च डाटा ट्रान्समिसन रेटहरू र कम ल्याटेन्सीको परिणाम दिनेछ।

शाओमी डिभाइसमा वाईफाई ७ मा २३ जीबीपीएससम्मको थ्रुपुट हुने अपेक्षा गरिएको छ जुन वाईफाई ६ को तुलनामा करिब तीन गुणा धेरै हो। साथै गतिमा भएको यो उल्लेखनीय वृद्धिले अनलाइन गेमिङ र अन्य ब्यान्डविथ खपत गर्ने गहन कार्यहरूमा हाई–डेफिनेसन कन्टेन्ट स्ट्रिम गर्दै विभिन्न एप्लिकेसन्समा सिमलेस कनेक्टिभिटी (निर्बाध जडान) र सुधारिएको प्रयोगकर्ता अनुभव प्रदान गर्दछ।

टेक्नोलोजीले मल्टि–वे कनेक्टिभिटी क्यापाबिलिटिज, गतिशील अप्टिमाइजेसन, लोअर ल्याटेनसी (कम विलम्बता) र स्ट्रोङ्गर एन्टि–इन्टरफेरेन्स मेजर्स प्रस्तुत गर्ने उल्लेख गरिएको छ। यी प्रगतिहरूले सामूहिक रूपमा थप बलियो र इफिसियन्ट वाईफाई एक्सपिरियन्समा योगदान पुर्याउने छ।

त्यसैगरी शाओमीले आफ्ना फ्ल्यागशिप फोनहरूलाई वाईफाई ७ युगमा अगाडि बढाउदै गर्दा प्रयोगकर्ताले आफ्नो कनेक्टिभिटीमा उल्लेखनिय परिवर्तनको आशा गर्न सक्ने जनाइएको छ।

साथै वाईफाई ७ को अपग्रेड कम्पनीको राउटरहरूमा पनि विस्तार हुने जनाइएको छ।

प्रकाशित: २० मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार