बीवाईडीको ६० लाख न्यू इनर्जी भेहिकल उत्पादन

  • Technology Khabar | १५ मंसिर २०८०, शुक्रबार
बीवाईडीको ६० लाख न्यू इनर्जी भेहिकल उत्पादन

काठमाडौं ।

प्लग–इन इलेक्ट्रिक सवारीको संसारको सबैभन्दा ठूलो निर्माता बीवाईडीले ६० लाख न्यू इनर्जी भेहिकल उत्पादन गरेर ऐतिहासिक उपलब्धी हासिल गरेको छ।

बीवाईडीले प्लग–इन हाइब्रिड पावरट्रेनको साथमा अल–न्यू फ्याङचेङबाओ बाओ ५ अफ रोड एसयूभीका साथ यो उपलब्धि हासिल गरेको हो। यो नोभेम्बर २४ मा बीवाईडीको झेङझोउ कारखानामा उत्पादन आइनबाट रोलअफ भएको थियो।

हालसम्म अन्य कुनै सवारी उत्पादक ब्याट्रीबाट सञ्चालिन हुने सवारी ६० लाख यूनिट उत्पादन गरेका छैनन्। बीवाईडीले पछिल्लो १० लाख सवारी ३ महिनाको समयमा उत्पादन गरेको हो। इनसाइडईभीका अनुसार ६० लाखमा ३० लाख अल इलेक्ट्रिक र करिब ३० लाख प्लग–इन हाइब्रिड छन्। टेस्लाले हालसम्म ५० लाख अल इलेक्ट्रिक कार उत्पादन तथा बिक्री गरेको छ।

अल इलेक्ट्रिक सेगमेन्टमा बीवाईडीले अमेरिकी कम्पनी टेस्लालाई नजिकबाट पछ्याइरहेको छ। बीवाई ५८ देश तथा क्षेत्रमा उपलब्ध छ।

बीवाईडीको यात्रा सन् १९९५ मा सुरुवाती रुपमा ब्याट्री कम्पनी एनआईएमएस संस्थापना गरेर भएको थियो। बीवाईडी अटो २००३ मा स्थापना एको छ। कम्पनीले पहिलो पटक २००८ मा न्यू इलेक्ट्रिक सवारीको सुरुवात गरेको थियो। २०२१ मेमा कम्पनी स्थापना भएको १३ वर्षमा १० लाख न्यू इलेक्ट्रिक सवारी उत्पादन गर्ने कोसेढुंगा हासिल गरेको थियो। १० लाख मिलियन उत्पादन हासिल गरेको १८ महिना पछि कम्पनीले २०२२ नोभेम्बरमा ३० लाख यूनिट सवारी उत्पादन गरेको थियो। ५० लाख सवारी उत्पादन कम्पनीले गत अगष्ट २०२३ मा हासिल गरेको थियो।

प्रकाशित: १५ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Iran-linked group claims hack of FBI drones

  • Technology Khabar
  • १५ मंसिर २०८०, शुक्रबार