‘चीन डिजिटल व्यवसायलाई बढावा दिन विश्वसँग सहकार्य गर्न इच्छुक’

  • Technology Khabar | ८ मंसिर २०८०, शुक्रबार
‘चीन डिजिटल व्यवसायलाई बढावा दिन विश्वसँग सहकार्य गर्न इच्छुक’

काठमाडौं ।

चीनका उपराष्ट्रपति हान झेङले विश्वव्यापी डिजिटल व्यापारको उच्च गुणस्तर र दिगो विकासका लागि चीन अन्य देशसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन्।

हानले पूर्वी चीनको हाङझोउमा आयोजित दोस्रो ग्लोबल डिजिटल ट्रेड एक्स्पोको उद्घाटन समारोहमा सम्बोधन गर्दै डिजिटल व्यापार विश्वव्यापी व्यापार विकासको नयाँ प्रवृत्ति र भविष्यका लागि नयाँ विकास बिन्दु बन्दै गएको उल्लेख गरेका हुन्। उनले डिजिटल अर्थतन्त्रको विकासका लागि खुला, समावेशी, निष्पक्ष, न्यायोचित र भेदभावरहित वातावरण सिर्जना गर्न चीन अन्य सबै देशसँग मिलेर काम गर्न तयार रहेको बताए।

हानले चीनको डिजिटल व्यापार विकासको विशाल तथ्याङ्क संसाधनहरू र व्यापार ‘डिजिटलाइजेसन’ को लागि परिस्कृत अनुप्रयोग परिदृश्यहरूबारे चर्चा गरेका थिए।

वस्तु तथा सेवाको व्यापारसँगै आफ्नो व्यापार क्षेत्रको विकासका लागि चीनले डिजिटल व्यापारलाई तीन खम्बामध्ये एकका रूपमा लिएको उनले बताए। चीनले डिजिटल क्षेत्रमा अन्तर्राष्ट्रिय नियम र मापदण्ड निर्माणमा सक्रिय सहभागिता जनाउने र यस क्षेत्रमा उच्च स्तरको खुलापनलाई बढावा दिने उनले बताए।

यसले डिजिटल रूपान्तरण र क्रस बोर्डर ई–कमर्सको विकासलाई गति दिन, डिजिटल पूर्वाधारसुधार गर्न, सिल्क रोड ई–कमर्स सहयोगको लागि पाइलट क्षेत्रहरू स्थापना गर्न र साझेदारहरूसँग बेल्ट र रोड ई–कमर्स बजार स्थापना गर्ने काम गर्ने उपराष्ट्रपति हानले बताए।

यी प्रयासहरूले विश्वव्यापी डिजिटल औद्योगिक र आपूर्ति श्रृङ्खलाहरूको सुरक्षा र स्थिरताको रक्षा गर्न मद्दत गर्नेछ ।

दोस्रो ग्लोबल डिजिटल ट्रेड एक्स्पोको उद्घाटन समारोहमा ६३ देश र क्षेत्रका करिब एक हजार प्रतिनिधि तथा ६८ अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा व्यापारिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो। रासस/सिन्ह्वा

प्रकाशित: ८ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘हेलो गृह’ कल सेन्टर सञ्चालनमा

  • Technology Khabar
  • ८ मंसिर २०८०, शुक्रबार